बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दाजुभाइको हत्या प्रकरणमा ६ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नुवाकोटमा दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । दाजुभाइ हत्याको अनुसन्धानको क्रममा अहिलेसम्म ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले पुष्टि गरे ।

‘अनुसन्धानका लागि अहिले हामीले ६ जनालाई पक्राउ गरेका छौं । घटना कसरी भयो, क–कसको संलग्नता थियो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ एसपी रेग्मीले अनलाइनखबरसँग भने । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा बुधबार दुई दाजुभाइको शव फेला परेको थियो । किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव जंगलमा फेला परेको थियो । दाजुभाइकै शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको एसपी रेग्मीले बताए । बुधबार बिहान १० बजे खबर आएपछि खोजतलास गर्दा शव भेटिएको प्रहरीले बताएको छ । घटनास्थल नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्छ । प्रहरीलाई भने गोली प्रहार गरेर दाजुभाइको हत्या भएको जानकारी आएको थियो । कसरी हत्या भयो भन्नेबारे प्रहरीले केही खुलाएको छैन । ‘पोस्टमार्टम रिपोर्ट आएपछि बल्ल हत्याको कारण खुल्छ,’ एसपी रेग्मीले भने । यद्यपि घटनास्थलबाट प्रहरीले खुकुरी समेत बरामद गरेकाले धारिलो हतियार प्रहारबाट हत्या गरिएको आशंका गरिएको छ । हत्याको कारण पनि खुलिनसकेको प्रहरीले बताएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको हुनसक्ने आशंका गरिए पनि यसको पुष्टि हुन बाँकी नै रहेको प्रहरीले बताएको छ । परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मंगलबार बिहान कुलो बनाउन भन्दै घरबाट निस्केका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए । घटनास्थल सडकबाट करिब ५ घण्टाको पैदल दुरीमा धादिङको सीमा नजिक पर्छ ।

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

८ घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक