काठमाडाैं । आज बादी अभियन्ता डा. रोशनी बादी पक्राउ गरिएकाे छ ।
सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि बादी अभियन्ता डा. रोशनी बादीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी गराए । उनका अनुसार, ‘इजलासमा हुलहुज्जत गर्न खोजेपछि उहाँलाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।’
सर्वोच्च अदालतमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै डा. रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।


