मङ्ल, बैशाख २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समाचार लेखेकै आधारमा कारबाही गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
समाचार लेखेकै आधारमा कारबाही गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार कक्षका नेतृत्वकर्ताहरूसँग सुझाव सङ्कलन गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको कार्यदलले आज ५५ जना सम्पादक तथा सञ्चारविज्ञहरूसँग छलफल गरी सुझाव सङ्कलन गरेको हो। कार्यदलका संयोजक असिम शाहले २०७२ को संविधान जारी गर्न सञ्चार जगतले  खेलेको भूमिकाको सम्मान गर्दै अबको संशोधनमा पनि सम्पादक तथा सञ्चार विज्ञहरूको दृष्टि अनिवार्य रहेको बताए । उनले सञ्चार जगतको पनि बहसपत्रमा अपनत्व महसुस होस् भनेर छलफलका लागि बोलाइएको स्पष्ट पारेका थिए ।

उनले भने, “तपाईंहरूले निरन्तर खबरदारी गरेर सरकारलाई सचेत बनाइरहनुभएको छ। हामी तपाईंहरूको आलोचनात्मक र रचनात्मक सुझावको अपेक्षा गरिरहन्छौँ। भुइँमान्छेका समस्याबारे तपाईंहरू बढी जानकार हुनुहुन्छ। त्यसैले संविधानका कुन धारा संशोधन गर्ने या कुन धारा संशोधन नगर्ने भन्ने सुझाव दिन सक्नुहुन्छ।” छलफलमा सहभागीहरूले संविधानमा उल्लिखित ‘पूर्ण प्रेस स्वतन्त्रता’ लाई अझ बलियो बनाउनुपर्नेमा साझा धारणा राखेका छन् ।

संविधानमा लेखिए पनि व्यवहारमा प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने प्रयास सर्वत्र भइरहेको भन्दै यसको शतप्रतिशत कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

समाचार लेखेकै आधारमा पत्रकारलाई निरुत्साहित गर्ने वा कारबाही गर्ने प्रवृत्तिलाई संविधानले नै पूर्णतः रोक्नुपर्ने र सूचनाको हकलाई थप सुरक्षित बनाउनुपर्ने माग गरेका थिए । छलफलमा प्रेस स्वतन्त्रता र सूचनाको हकबाहेक महिला सहभागिता, समावेशिता, नागरिकता र मौलिक अधिकारका विषयमा पनि सुझावहरू दिइएको थियो। झन्डै तीन घण्टा चलेको छलफलमा सहभागीहरूले निर्वाचन प्रणाली र शासकीय स्वरूपका बारेमा समेत आफ्ना धारणा राखेका थिए ।

अन्त्यमा, कार्यदलका संयोजक शाहले सरकारले निजी र सरकारी सञ्चारमाध्यमबीच कुनै विभेद नगरेको स्पष्ट पार्दै दुवैलाई प्रश्न गर्ने र आलोचना गर्ने समान हक रहेको बताए ।

प्राप्त सुझावहरूले कार्यदलको बहसपत्रलाई थप परिष्कृत र जनमुखी बनाउने उनको विश्वास थियो।

यो पनि पढ्नुहोस्

बजेटले आईटी क्षेत्रलाई बेवास्ता गर्‍योः स्वर्णिम वाग्ले

संसद् बैठकमा निदाएको वास्तविक हाेइन : अर्थमन्त्री वाग्ले

१ घण्टा अगाडि
राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्ववियुको खारेजी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

बम विस्फोटमा सात जनाको मृत्यु

मातृभाषा पत्रकारिताबाट शकुन्तला पुरस्कृत

धनगढीको फोहरमैला व्यवस्थापन केन्द्र ‘भेरियसन अर्डर’ प्रक्रियामा

मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी  बालुवाको दर्जनाैं थुप्रो !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक