आइत, असार २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स‌याेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको जनाउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा जनाउनु भएको हो ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, “बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँटा र फलामले बनेको देखिएला, तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्‍यौँ ।”

अध्यक्ष प्रचण्डले सङ्घीय संसद्‌मा देखिएको समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धिको रूपमा व्याख्या गर्नुभयो । क्रान्ति, बलिदान र लामो सङ्घर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई उहाँले “रगतले लेखिएको कथा” को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, “परिणामका दृष्टिले को सानो वा को ठुलो भयो भन्ने कुरा गौण हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारू, उपेक्षित र उत्पीडित समुदायको इन्द्रधनुषी प्रतिनिधित्व हुनु मेरा लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ।”

सम्बोधनका क्रममा उहाँले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको सफलतालाई स्वीकार गर्दै बधाई दिनुभयो । रास्वपासँगको सहकार्यको स्मरण गर्दै उहाँले भन्नुभयो, “अघिल्लो संसदमा मैले प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेताका रूपमा रास्वपासँग दह्रो सहकार्य गरेको थिएँ ।”

उहाँले थप्नुभयो,“त्यसबेला सुशासन, सेवा प्रवाहको सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता र भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जस्ता ठुला माफियाविरुद्धका कारबाहीमा हाम्रो सहकार्य रह्यो ।” यस्तै, प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहको उदयलाई पनि क्रान्तिको जितकै रूपमा व्याख्या गर्नुभयो । “बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नु भएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै सङ्कल्पको जित हो,” उहाँले भन्नुभयो । पछिल्लो समय राजनीतिमा चर्चामा रहेको ‘पुराना र नयाँ’ को भाष्य दार्शनिक र राजनीतिक दृष्टिले गलत भएको प्रचण्डको तर्क छ ।

उहाँले स्पष्ट पार्दै भन्नुभयो, “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । यस्तो भाष्यले समाजमा विभाजन मात्र ल्याउँछ । सही र गलतको बहसले मात्र रूपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ ।”

अध्यक्ष प्रचण्डले समावेशी र समानुपातिक प्रतिनिधित्वमाथि गर्व गर्ने हक आफूलाई भएको बताउँदै शान्ति प्रक्रियाको पूर्णता अब नयाँ पुस्ताको पनि जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

यो पनि पढ्नुहोस्

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

१५ मिनेट अगाडि
टोरन्टो नेपाल भाषा ग्रीष्मकालीन विद्यालय कार्यक्रम सुरु

टोरन्टो नेपाल भाषा ग्रीष्मकालीन विद्यालय कार्यक्रम सुरु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक