मङ्ल, बैशाख २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चिया निकासीमा गम्भीर सङ्कट

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
चिया निकासीमा गम्भीर सङ्कट

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इलाम । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्दै गएको नेपाली चिया निकासीमा भारतले कडाइ गरेपछि यस क्षेत्रमा गम्भीर सङ्कट देखिएको छ । गत मे १ देखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षणमा कडाइ गरेपछि निकासी कार्य करिब ठप्प भएको छ ।

चिया निकासी गर्दा भारतले प्रत्येक गाडीमा रहेको चियाको नमुना परीक्षणका लागि कोलकाता पुर्‍याउनुपर्ने र त्यसको प्रतिवेदन आउन करिब १५ दिन लाग्ने जानकारी झापाको मेची भन्सार कार्यालयलाई गराएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमगाईंले भन्नुभयो, “भारतको पानीट्याङ्कीस्थित भन्सारले नजिकमा प्रयोगशाला नभएको र नयाँ नियम लागू भएसँगै नमुना कोलकाता पठाउनुपर्ने जानकारी दिएको छ । त्यसयता नेपालबाट चिया निकासी भएको छैन । नेपालतर्फबाट कुनै रोक नभए पनि भारतले कडाइ गरेपछि समस्या आएको हो ।”

सूचना अधिकारी हुमगाईंका अनुसार मे १ यता अहिलेसम्म दुईवटा गाडीमा आठ हजार किलो चिया मात्र निकासी भएको छ ।

निकासी रोकिएपछि इलामका चिया उद्योगी र किसानको टोली समस्याको समाधान खोज्न राजधानी काठमाडौँ पुगेको छ । चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले प्रधानमन्त्रीलाई भेटेर ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । भारत सरकारले नेपालबाट निकासी हुने चियामा स्वेच्छाचारी ढङ्गले कडाइ गरेकाले सरकारको कूटनीतिक पहलबाट मात्रै यो समस्या समाधान हुने निष्कर्ष ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

चियाको समस्या र समाधानका विषयमा उद्योग, अर्थ र कृषि मन्त्रालयका सचिवहरूसँग छलफल भएको एसोसिएसनका महासचिव गोपाल कट्टेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सचिवसँगको छलफलमा ‘जीटुजी’ माध्यमबाट समस्या समाधान गर्ने आश्वासन आएको छ । तर, निर्यातको ठोस टुङ्गो अझै लागेको छैन । यो समस्या पटक–पटक दोहोरिने भएकाले स्थायी कूटनीतिक समाधानका लागि हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ ।”

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा एउटा गाडीको एक पटकको परीक्षणका लागि नेपाली २५ हजार रुपियाँ लाग्ने उल्लेख छ । परीक्षणको प्रतिवेदन आउन लाग्ने १५ दिनसम्म चिया बोकेको गाडी भारतीय सीमाभित्रै पानीट्याङ्कीमा राख्नुपर्ने बाध्यता छ ।

“पहिले एक पटक परीक्षण गरेपछि तीन महिनासम्म हुन्थ्यो, यस पटक नीति फेरिएको छ,” महासचिव कट्टेलले थप्नुभयो, “अहिले प्रत्येक गाडीको परीक्षण शुल्क र १५ दिनसम्म गाडी कुराउँदा लाग्ने खर्चले गर्दा चिया निकासी गर्न सक्ने अवस्था छैन ।”

यो पनि पढ्नुहोस्

बजेटले आईटी क्षेत्रलाई बेवास्ता गर्‍योः स्वर्णिम वाग्ले

संसद् बैठकमा निदाएको वास्तविक हाेइन : अर्थमन्त्री वाग्ले

१ घण्टा अगाडि
राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्ववियुको खारेजी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

बम विस्फोटमा सात जनाको मृत्यु

मातृभाषा पत्रकारिताबाट शकुन्तला पुरस्कृत

धनगढीको फोहरमैला व्यवस्थापन केन्द्र ‘भेरियसन अर्डर’ प्रक्रियामा

मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी  बालुवाको दर्जनाैं थुप्रो !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक