मङ्ल, बैशाख २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धनगढीको फोहरमैला व्यवस्थापन केन्द्र ‘भेरियसन अर्डर’ प्रक्रियामा

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
धनगढीको फोहरमैला व्यवस्थापन केन्द्र ‘भेरियसन अर्डर’ प्रक्रियामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलालीमा दुई फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन्। धनगढी उप महानगरपालिकाको फोहरमैला व्यवस्थापन केन्द्र ‘भेरियसन अर्डर’ प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ भएको छ। शुक्लाफाँटा नगरपालिकाले रु ३० करोड २५ लाख लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। २९ वैशाख, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् ।

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो । कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाले कैलालीको धनगढी उप महानगरपालिकामा रहेको फोहोमैला व्यवस्थापन केन्द्र शीघ्र सञ्चालनमा आउने दाबी गरे ।

तोकिएको समयमै निर्माण सम्पन्न भए पनि धनगढी उप महानगरपालिका–७ पटेलामा बनिरहेको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण निर्माण पक्षले समयमै सम्पन्न गरेपनि सञ्चालनमा आउन सकेको छैन् । थप गरेर रु एक अर्ब नौ करोड लगात अनुमान रहेको उक्त व्यवस्थापन केन्द्रको ‘भिओ’ (भेरियसन अर्डर) प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ हुन गएको हो । ‘भिओको लागि माथिल्लो निकायमा पेस गरेका छौँ ।” सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख खर्वुजाले भने, ‘फोहरमैला व्यवस्थापनका लागि आवश्यक सवारीसाधन र ‘स्टिमेट’मा नभएको विषयको निर्माणमा पालिकाले माग गरेपछि ‘भेरियसन अर्डर’ अघि बढाइएको हो ।’ धनगढीको फोहरमैला व्यवस्थापन केन्द्रमा ३० वर्षसम्म धनगढीको फोहर व्यवस्थापन गर्न सकिने छ ।

चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम तोकिएकै अवधीमा सकेको हो । तर ‘भिओ’का कारण निर्माण पक्षले अहिले काम गर्न पाएको छैन । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार कैलालीको अत्तरियामा करिब १० महिना र शुक्लाफाँटा नगरपालिकामा गत भदौ महिनादेखि फोहरमैलला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । ‘तीन वर्षसम्म व्यवस्गापन केन्द्र निर्माण कम्पनी आफैले सञ्चालन गर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यसपछि सम्बन्धित पालिकालाई हस्तान्तरण हुन्छ ।’ सुदूरपश्चिममा एडिबीले चार वटा पालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनौट गरेको भएपनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् । सञ्चालनमा आएका फोहरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगविहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहर छुट्टयाएर व्यवस्थापन गरिँदै छ । शुक्लाफाँटा नगरपालिकामा फोहरमैला रु ३० करोड २५ लाख लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।

शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण सामुदायिक वन क्षेत्र (वनहरा खोलाको पश्चिम किनार)मा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ । शुक्लाफाँटा नगरपालिका कार्यालयका इन्जिनियर लोकेन्द्र भट्टले फोहरमैला व्यवस्थापन केन्द्रको काम प्रभावकारी रुपमा भइरहेको बताए । ‘सबै वडामा फोहर राख्ने कन्टेनरहरु राखेको छ’, उनले भने, ‘सहरी वडाहरुमा प्रत्येक दिन फोहर सङ्कलन गरेर व्यवस्थापन केन्द्रमा लैजाने काम भएको छ ।’

यो पनि पढ्नुहोस्

बजेटले आईटी क्षेत्रलाई बेवास्ता गर्‍योः स्वर्णिम वाग्ले

संसद् बैठकमा निदाएको वास्तविक हाेइन : अर्थमन्त्री वाग्ले

१ घण्टा अगाडि
राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्ववियुको खारेजी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

बम विस्फोटमा सात जनाको मृत्यु

मातृभाषा पत्रकारिताबाट शकुन्तला पुरस्कृत

धनगढीको फोहरमैला व्यवस्थापन केन्द्र ‘भेरियसन अर्डर’ प्रक्रियामा

मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी  बालुवाको दर्जनाैं थुप्रो !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक