सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिका र इरानको युद्ध अन्त्य गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
अमेरिका र इरानको युद्ध अन्त्य गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कतारी प्रधानमन्त्रीले अमेरिका र इरानको युद्ध अन्त्य गर्नेबारे अमेरिकी विदेशमन्त्री मार्को रूबियो र राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफसँग छलफल गरेका छन्।

कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल-थानीले रूबियो र विटकफसँग फ्लोरिडा राज्यको मायामीमा भेटेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। युद्ध अन्त्य र आणविक कार्यक्रमबारे वार्ताका लागि अमेरिकाले पठाएको १४ बुँदा समेटिएको एकपन्ने समझदारीपत्रमा (एमओयू) इरानले छलफल गरिरहेको छ। अहिलेसम्म इरानले उक्त प्रस्तावको जबाफ पठाएको छैन। युद्धको सुरूदेखि नै पाकिस्तान अमेरिका र इरानबीचको आधिकारिक मध्यस्थकर्ता रहे पनि कतारले पर्दा पछाडिबाट काम गरिरहेको छ। अहिले पनि इरानसँगको वार्तामा कतार प्रभावकारी हुने अमेरिका ठान्छ।

अल-थानीले शुक्रबार वासिङ्टनमा उपराष्ट्रपति जेडी भान्ससँग भेट गरेका थिए। उनी त्यसपछि तुरून्तै दोहा फर्कनुपर्ने थियो, तर उनी पछि मायामी गए। मायामीमा रहँदा उनले मध्यस्थता प्रयासबारे छलफल गर्न साउदी विदेशमन्त्रीलाई पनि फोन गरेको एक्सियसले जनाएको छ। यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधमा विदेश मन्त्रालयले तुरून्तै कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकाले पठाएको मस्यौदामा युद्ध अन्त्यको घोषणा गर्दै ३० दिनको विस्तृत वार्ता सुरू गर्ने प्रस्ताव छ। उक्त अवधिमा हर्मुज पुनः खोल्ने, इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकी प्रतिबन्ध हटाउने विषयमा विस्तृत सम्झौता गर्ने प्रस्ताव गरिएको छ। एक महिनाको अवधिमा इरानले हर्मुजमा जहाज आवतजावतमा लगाएको प्रतिबन्ध र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी क्रमशः हटाइनेछ। Ncell वार्तामा सबभन्दा पेचिलो विषय अहिले पनि आणविक कार्यक्रमकै छ।

इस्लामाबादमा गत महिना भएको वार्तामा इरानले २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्नुपर्ने अमेरिकाले अडान लिएको मानिन्छ। इरानले भने पाँच वर्षका लागि मात्र त्यसो गर्न राजी भएको बताइन्छ। अहिले घटीमा १२ वर्ष प्रशोधन रोक्ने सहमति हुने मानिन्छ। तर इरानले रोक लगाइएको समयमा युरेनियम प्रशोधन गरे उक्त अवधि फेरि सुरू गर्ने भनिएको छ।

त्यस्तै, संयुक्त राष्ट्रसंघका निरीक्षकलाई आणविक कार्यक्रमको आकस्मिक निरीक्षण गर्न इरानले दिनुपर्ने र विस्तारित अनुगमन प्रणाली लागू गर्नुपर्ने सर्त अमेरिकाले राखेको छ। यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध क्रमशः हटाउने तथा विश्वभर रोक्का गरिएका अर्बौं डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता जनाउनेछ। तर सम्झौतामा हस्ताक्षर हुनेबित्तिकै नभएर इरानले सर्तहरू पालना गरे अमेरिकाले क्रमशः प्रतिबन्ध हटाउने र सम्पत्ति फुकुवा गर्दै जानेछ। यी विषयमा इरानले सहमति जनाइसकेको छैन।

यो पनि पढ्नुहोस्

लाकी ज्वालामुखी तीन पटक विस्फोट

लाकी ज्वालामुखी तीन पटक विस्फोट

१ वर्ष अगाडि
भारतकी राष्ट्रपति मुर्मुले  मोदीलाई तेस्रो पटक प्रधानमन्त्रीको शपथ खुवाइन्

भारतकी राष्ट्रपति मुर्मुले मोदीलाई तेस्रो पटक प्रधानमन्त्रीको शपथ खुवाइन्

२ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक