आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 5 mins read
0
प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयलाई लिएर यतिबेला राजनीतिक वृत्तमा तीव्र बहस र आलोचना भइरहेको छ ।

Samsung

Galaxy

चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरिएको विषयमा प्रश्न उठेपछि उपसभामुख रुबी कुमारी ठाकुरले सार्वजनिक रूपमा आफ्नो धारणा राखेकी छन् । ठाकुरले उक्त सिफारिस कार्यक्षमता र योग्यताको आधारमा गरिएको दाबी गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहँदै आएको उल्लेख गरेकी छन् ।

‘हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो भन्ने गुनासो व्यापक छ । एउटा मुद्दाको फैसला हुन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय हो,’  उनले फेसबुकमा लेखेकी छन् ।

उनले न्यायाधीश नियुक्ति दल वा पार्टीको प्रभावमा नभई कार्यक्षमता मूल्यांकनका आधारमा हुनुपर्नेमा जोड दिँदै थप लेखेकी छन्, ‘जब नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको आधारमा हुन्छ, त्यसको परिणाम पनि त्यस्तै देखिन थाल्छ ।’

ठाकुरका अनुसार वर्तमान सिफारिसमा कुनै ‘किन्तु–परन्तु’ आवश्यक नरहेको र संविधान, कानुन तथा जनहितलाई सर्वोपरि राखिएको छ ।

तर, उक्त निर्णयप्रति सरकारको चौतर्फी आलोचना भइरहेको छ । विशेषगरी चौथो वरीयताका व्यक्तिलाई सिफारिस गरिएको भन्दै प्रश्न उठाइएको हो । यसप्रति ठाकुर आबद्ध श्रम संस्कृति पार्टीकै अध्यक्ष तथा सांसद हर्क साम्पाङले समेत असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत ठाकुरप्रति आक्रोश व्यक्त गरेका थिए ।

यसैबिच प्रधानन्यायाधीशका लागि सिफारिसमा परेका न्यायाधीशहरूको पूर्वराजनीतिक भूमिकाका र दलनिकट अवस्थाबारे ठाकुरले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

उनले च्याटजीपीटीको सहारामा कुन न्यायाधीश कुन दलनिकट भनी उल्लेख गरेकी छन् ।

जसअनुसार,

सपना प्रधान मल्ल — पूर्व संविधानसभा सदस्य भएकाले प्रायः नेकपा एमाले निकट मानिन्छन्।

कुमार रेग्मी — सार्वजनिक चर्चामा नेपाली कांग्रेस निकट भनिन्छ। केहीले एमाले नेतासँग पनि निकट सम्बन्ध रहेको उल्लेख गर्छन्।

हरि प्रसाद फुयाँल — पूर्व महान्यायाधिवक्ता भएकाले नेकपा एमाले निकट मानिने चर्चा छ।

मनोजकुमार शर्मा — स्पष्ट रूपमा कुनै दलसँग जोडिएको सार्वजनिक विवरण धेरै देखिँदैन।

नहकुल सुवेदी — सार्वजनिक रूपमा कुनै दलसँग स्पष्ट निकटता खुलेर आएको छैन।

तिलप्रसाद श्रेष्ठ — सार्वजनिक रूपमा दलगत निकटताको स्पष्ट विवरण छैन।

यो पनि पढ्नुहोस्

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

१ घण्टा अगाडि
कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक