काठमाडौं । गोङ्गबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइएको छ ।
करिब ४० परिवारको ९३ जना राखिएको सो अपार्टमेन्टमा आधारभूत सुविधा समेतको पूर्व व्यवस्था नगरिएको सारिएको उनीहरूले गुनासो गरेकाे छ । उनीहरूका अनुसार शुक्रबार साँझ ७ बजे तिर पुर्याइएको हो । कसले ल्यायो भन्ने सम्म पनि जानकारी नरहेका उनीहरूको गुनासै गुनासो छ । दैनिक प्रयोग त के खाने पानीको समेत व्यवस्था नभए पछि उनीहरू केही बेर आक्रोशित समेत भएका थिए । सडकमै निस्केर उचित व्यवसायको माग गरेका उनीहरुलाई, अहिले दैनिक प्रयोग हुने पानीको व्यवस्था गरिएको छ, भने खानेपानीको व्यवस्था स्थानीय, प्रहरी र सरोकारवालाले व्यवस्थाको प्रयास गर्दै गरेको देखिन्छ ।
मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहाल सरकारले नगरेको होइन गरेको हो, तर व्यवस्थित भने नदेखिएको बताउँछन् । उनीहरूसँग समन्वयन गर्न आधिकारिक व्यक्ति समेत नरहेकाले अन्यौलता देखिएको छ । यहाँ कति दिन राख्ने हो, व्यवस्थापन कसरी गर्ने हो, खानाको व्यवस्था के हुने हो उनीहरूले बुझ्न चाहेका छन् । अधिकांश परिवारमा दीर्घ रोगी समेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनु पर्ने माग राखेका छन् ।
दुवै मिर्गौला फेल भएकी मुना खनाल, हप्तामा २ पटक डायलासिस का लागि वीर अस्पताल जानु पर्ने, विपन्न त्यस माथि पनि विस्थापित हुन परेको मुनासँग ट्याक्सी चढेर अस्पताल जाने अवस्था समेत छैन । अहिलेसम्म एम्बुलेन्सको व्यवस्था भए पनि भोलि के हुने हो, उनी चिन्तित देखिन्छिन् । खोला किनारमा आफ्नै भने पनि सानो घर रहेको उनीहरूको अहिले आफ्नो भन्ने केही नरहेको बताउँछन् । सरकारले जसरी उठिबास लगायो त्यसरी नै व्यवस्था गर्नु पर्ने उनीहरुको माग रहेको छ । आफ्नै नाममा सानो जमितको माग राख्दै, उचित छानबिन र राम्रो व्यवस्थापनको उनीहरू चाहन्छन् ।


