कपिलवस्तु । मायादेवी गाउँपालिका-४ सानो गौरा बस्ने १२ वर्षीय अनुराग जैशवालको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय स्विच बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पब्लिक हेल्थ क्लिनिक अलिगडवा भारतमा उपचारको क्रममा मृत्यु भएको हो ।
पोखरा महानगरपालिका-१८ खपौदी बस्ने राहुल लामाको छोरा १० वर्षीय आरेश लामाको सोही ठाउँस्थित फेवातालमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


