काठमाडौं । कीर्तिपुर नगरपालिका–१० पोडेटोल स्थित चिया सागर नजिक धारिलो हतियार प्रयोग गरी विपिन घिमिरेको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
घटना २०८३ वैशाख २३ गते दिउँसो करिब २:२० बजे भएको हो। गुल्मी धुर्कोट गाउँपालिका–७ घर भई हाल कीर्तिपुर–३ ढाल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्या भएको प्रहरीले जनाएको छ।
महेन्द्र शाह (२५), अछाम साँफेबगर–४ घर, हाल कीर्तिपुर–९ भाजंगल बस्ने, रबिन्द्र धामी (२३), कैलाली बर्दगोरिया–४ घर, हाल कीर्तिपुर–१० पाँगा दोबाटो बस्ने, रोशन बिष्ट (२२), कैलाली घोडाघोडी–१ घर, हाल कीर्तिपुर–८ सिनेमा हल बस्ने पक्राउ परेका छन् ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


