काठमाडाैं । नेवाः देय् दबूले यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा बिहीबार मनाइएकाे छ ।
भाषिक समानता र आधिकारिक भाषाहरूको मान्यताको आन्दोलनको उपलब्धिस्वरूप बागमती प्रदेशमा तामाङ र नेपाली भाषाहरूलाई प्रादेशिक भाषाको रूपमा घोषणा गरिएको थियाे ।
बागमती प्रदेश सरकारको तामाङ र नेपाली भाषाहरूलाई आधिकारिक भाषाको रूपमा घोषणाको अवसरमा काठमाडाैं, भक्तपुर, ललितपुर, बनेपा काभ्रेपलाञ्चाेकका नेवाः देय् दबूका पदाधिकारीहरूकाे तथा तथा तामांग समुदायबाट समेत बाक्लाे उपस्थिति जनाइएकाे थियाे ।


