काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रुपमा सदुपयोग गर्नुपर्ने जनाएका छन् ।
महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा सोमबार बोल्दै अध्यक्ष ढकालले भने, ‘सरकारको स्थायित्वलाई मुलुकको विकास र यस मार्फत सबै क्षेत्रमा स्थायित्व प्रदान गर्ने अवसरका रुपमा सदुपयोग गरिनुपर्छ ।’
विगतमा यस्तै सम्भावनालाई अवसरमा बदलेर प्रगति गर्नबाट चुकेका धेरै उदाहरण रहेको भन्दै उनले निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्न पाएमा प्रगति गर्ने पर्याप्त अवसर रहेको जनाए ।

