काठमाडौं । चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले लिम्पियाधुराबारे सरकारले हालै जारी गरेको वक्तव्यको सराहना गरेका छन् । उनीहरुले सोमबार संयुक्त वक्तव्य जारी गर्दै लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भू–भाग भएको हुँदा मित्र राष्ट्र चीन र भारत नेपालको सार्वभौमिकता प्रति संवेदनशील हुने विश्वास व्यक्त सरकारले जारी गरेको वक्तव्य को सराहना गरेका हुन् ।
साथै पूर्व राजदूतहरूले आफ्नो सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल–चीन दौत्य सम्बन्ध ७० वर्ष पुगेको उपलक्ष्यमा चीनका लागि नेपालका पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, बिष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त वक्तव्य जारी गरेर धारणा सार्वजनिक गरेका हुन् ।



