शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

  ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को जानकारी मुलक कार्यक्रम टोक्योमा भव्य रुपमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
५ दिन अगाडि
0
  ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को जानकारी मुलक कार्यक्रम टोक्योमा भव्य रुपमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टोक्यो । विदेशमा रहेका नेपालीहरुको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेश कुमार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार आयोजित उक्त विशेष कार्यक्रममा कम्पनीको अवधारणा, भावी योजना र लगानीका क्षेत्रहरुका बारेमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा अभियानका संयोजक एवं गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष महेश कुमार श्रेष्ठले गैरआवासीय नेपालीहरुको सानो–सानो पुँजीलाई एकत्रित गरेर ठूला र गौरवका आयोजनामा लगानी गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा श्रेष्ठले कम्पनीले मुख्यगरी जलविद्युत, पर्यटन, कृषि, र पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित गर्ने जानकारी दिए । ‘हामी केवल लगानी मात्र गर्दैनौँ, विदेशमा सिकेको सीप र प्रविधिलाई पनि नेपाल भित्र्याउनेछौँ,’ उनले भने ।

पारदर्शी ढंगले सामूहिक लगानीको अवधारणा कार्यान्वयनमा ल्याइने भएकाले यसमा जोखिम न्यून र प्रतिफलको सुनिश्चितता रहने दाबी समेत गरिएको थियो ।

कार्यक्रममा जापानमा रहेका विभिन्न क्षेत्रका व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरुले सामूहिक लगानीकोे अवधारणालाई स्वागत गर्दै लगानीको सुरक्षा र सरकारी नीतिबारे जिज्ञासा राखेका थिए ।

जापानवासी नेपालीहरुले सो कम्पनी मार्फत नेपालको विकासमा जोडिन पाउने अवसरलाई उत्साहका साथ हेरेका छन्। कार्यक्रममा सहभागी केही व्यवसायीहरुले सामूहिक लगानी मार्फत राष्ट्रिय गौरवका आयोजनामा साझेदारी गर्न आफूहरु तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठुलो योगदान रहे पनि त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकिएको अवस्थामा यो कम्पनीले एउटा भरपर्दो पुलको काम गर्ने अपेक्षा गरिएको छ । ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’ले संसारभर छरिएका नेपालीहरुलाई एउटै छातामुनि ल्याएर ठूला आयोजनाहरु निर्माण गर्ने लक्ष्य राखेको छ ।

उक्त कार्यक्रममा श्रेष्ठले आगामी दिनमा अन्य मुलुकहरुमा पनि यस्तै किसिमका अन्तक्र्रिया कार्यक्रमहरु आयोजना गरी लगानीकर्ताहरुलाई जोड्ने योजना रहेको सुनाए ।

कम्पनीको डाइरेक्टरमा गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रोविन शेरचन रहेका छन् ।

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

करेन्ट लागेर, डुबेर मृत्यु

५ मिनेट अगाडि
शङ्ख धुन र पञ्चेबाजासहित ‘महाराजधिराज’को शुभमुहूर्त

शङ्ख धुन र पञ्चेबाजासहित ‘महाराजधिराज’को शुभमुहूर्त

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

संघीय सदनको संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

सुनचाँदीको मूल्य बढ्याे

यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक