भेटवार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
विशेषगरी लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्य अभिवृद्धिमा केन्द्रित रहेर दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो । भेटले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।


