बुध, साउन १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् ।

कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना कार्डियोपल्मोनरी अरेस्ट (हृदय र श्वासप्रश्वास बन्द भएको अवस्था) मा भेटिएका छन् । अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था गम्भीर नरहेको जनाइएको छ । जापानको अग्नि नियन्त्रण निकाय, प्रहरी र सेल्फ डिफेन्स फोर्सले रातभर उद्धार अभियान सञ्चालन गरेका थिए । भवनभित्रबाट सहयोगको आग्रह आएको स्थानलाई केन्द्रित गरेर खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन् । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताउँदै केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको, आगलागी भएको तथा सडक, पुल र भवनमा व्यापक क्षति पुगेको जानकारी दिइन् । भूकम्पपछि करिब तीन लाख मानिसलाई सुरक्षित स्थान तथा अस्थायी आश्रय केन्द्रमा जान निर्देशन दिइएको छ ।

क्युसु क्षेत्रमा लगातार परकम्प (आफ्टरसक) आइरहेकाले उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । करीब २०० पसल रहेको एइअन सपिङ मलको एक भाग विस्फोटपछि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । भवनको बाहिरी भाग भत्किँदा फलामका संरचना बाहिर निस्किएका र पार्किङ क्षेत्रमा भग्नावशेष छरिएको दृश्य सार्वजनिक भएका छन् । मल सञ्चालक कम्पनीले भूकम्पलगत्तै ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ । विस्फोटको कारण अझै खुल्न नसके पनि ग्यास चुहावटका कारण विस्फोट भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ । घटनास्थल नजिकै रहेका एक प्रत्यक्षदर्शीले भूकम्पपछि भाँडा सफा गरिरहेको बेला ठूलो विस्फोट भएको र धुवाँको मुस्लो उड्दा ज्वालामुखीको खरानी झरेजस्तै वातावरण बनेको बताएका छन् । यसैबीच, निप्पोन पेपर इन्डस्ट्रिजको एक कारखानामा चिम्नी भत्किँदा केही कर्मचारी सम्पर्कविहीन भएका छन् ।

दुई अस्पतालमा ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । भूकम्पका बेला सञ्चालनमा रहेका तीव्र गतिको रेलका केही यात्रु पनि घाइते भएका छन् । भूकम्पपछि विभिन्न स्थानमा भवनहरू आंशिक रूपमा भत्किएका तथा आगलागीका घटना भएका छन् । केन्द्रबिन्दु नजिकैको एक सहरमा भवन भत्किँदा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्य राजमार्गमा ठूला चिरा परेपछि सडक यातायात प्रभावित भएको छ ।

रेल सेवा स्थगित गरिएको छ भने कुमामोटो विमानस्थलको धावनमार्ग बन्द भएपछि धेरै उडान रद्द तथा अन्यत्र मोडिएका छन् । भूकम्पपछि विश्वकै ठूलो चिप उत्पादन गर्ने कम्पनी टीएसएमसी, सोनी र फुजिफिल्मले आफ्ना कारखानाबाट कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेका छन् । टीएसएमसीले आफ्नो उत्पादन केन्द्रमा ठूलो क्षति नभएको र क्रमश: उत्पादन पुन: सञ्चालन भइरहेको जनाएको छ । टोकियो इलेक्ट्रोनले भने कुमामोटोस्थित आफ्ना दुई कारखानाको सञ्चालन बुधबारसम्मका लागि स्थगित गरेको छ । होन्डाले पनि मोटरसाइकल कारखानाको उत्पादन अस्थायी रूपमा रोकेको जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु कुमामोटो सहरबाट करिब २० किलोमिटर दक्षिणमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ । प्रभावित क्षेत्रमा आगामी एक सातासम्म शक्तिशाली परकम्प आउन सक्ने तथा पहिरोको जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरिएको छ । क्युसु इलेक्ट्रिक पावरका अनुसार भूकम्पपछि करिब ४८ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । यद्यपि, प्रभावित क्षेत्रमा रहेका कुनै पनि आणविक विद्युत् केन्द्रमा असामान्य अवस्था नदेखिएको जापानको आणविक नियमन प्राधिकरणले जनाएको छ ।

कुमामोटोमा एक दशकअघि आएको विनाशकारी भूकम्पमा २७५ जनाको मृत्यु भएको थियो भने हजारौं भवन क्षतिग्रस्त भएका थिए । यसपटक पनि ठूलो क्षति हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

२ घण्टा अगाडि
गांख्यः (गाङखेल) बाट लागुऔषधसहित तीनजना पक्राउ

गांख्यः (गाङखेल) बाट लागुऔषधसहित तीनजना पक्राउ

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

आज श्रद्वा भक्तिसाथ गुरू पुर्णिमा मनाइँदै

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक