मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके। देशभर सरकारी तथा सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण हटाउने अभियान तीव्र बन्दै गएको सन्दर्भमा नरैनापुर गाउँपालिकाले पनि अतिक्रमणविरुद्ध कडा र निर्णायक अभियान सुरु गरेको छ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जारी गरेको सूचनामा अतिक्रमण गरेर बसोबास वा संरचना निर्माण गरेका व्यक्तिहरूलाई ७ दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न स्पष्ट निर्देशन दिइएको छ। तोकिएको समयसीमा भित्र अतिक्रमण नहटाए गाउँपालिकाले आफैं डोजर प्रयोग गरेर संरचना हटाउने चेतावनी दिएको छ ।

अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त रूपमा अतिक्रमण हटाउने तयारी गरेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार सार्वजनिक जग्गा संरक्षणसम्बन्धी परिपत्र कार्यान्वयनमा आइसकेको छ। ‘सरकारको एक सय कार्यसूची’ अन्तर्गत अतिक्रमण नियन्त्रण, संरक्षण तथा नयाँ अतिक्रमण रोक्न कडाइ गर्ने नीति अनुरूप अभियान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार करिब दुई दशकअघि तत्कालीन शाही शासनकालमा सेनामार्फत अतिक्रमण हटाउने प्रयास भए पनि त्यसपछि विभिन्न शक्ति केन्द्रको संरक्षणमा पुनः अतिक्रमण फैलिएको गुनासो रहँदै आएको छ।

नेकपा एमाले नरैनापुरका सचिव बिनय दिक्षितले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अतिक्रमित क्षेत्रको यथार्थ विवरण तयार गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो। हुलाकी सडक आसपासका क्षेत्रमा अतिक्रमणका कारण आवागमनसमेत प्रभावित भएको उल्लेख गर्दै उहाँले अभियान सफल बनाउन पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दिक्षितले गत वर्ष पनि अतिक्रमण हटाउने निर्णय कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै यसपटक भने परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

देशव्यापी अभियानसँगै नरैनापुर गाउँपालिकाको यो कदमले स्थानीय तहमा सार्वजनिक सम्पत्ति संरक्षणको स्पष्ट सन्देश दिएको छ। स्थानीयवासीले यस अभियानले दीर्घकालीन रूपमा सुव्यवस्थित बसोबास र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन् ।

 

 

यो पनि पढ्नुहोस्

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

१४ घण्टा अगाडि
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक