आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुकुम्वासीको व्यवस्थापन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न सुझाव

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
सुकुम्वासीको व्यवस्थापन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकाका खोला किनारामा जोखिमपूर्ण र अव्यवस्थित रूपमा बसोबास गरिरहेका सुकुम्वासीको व्यवस्थापन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त विषयमा सरकारलाई स्पष्ट कार्ययोजना बनाउन आग्रह गर्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता मनिष झाले यसबारे जानकारी दिएका हुन्।

उनका अनुसार प्राकृतिक विपद्को जोखिम बढ्ने समय नजिकिँदै गर्दा समयमै सुरक्षित स्थानमा स्थानान्तरण नगरे थप समस्या उत्पन्न हुन सक्ने भन्दै तत्काल कदम चाल्नुपर्नेमा पार्टीले जोड दिएको छ। सुकुम्वासीका लागि गाँस, बास र स्वास्थ्य सुरक्षासहित व्यवस्थित पुनर्स्थापना सुनिश्चित गर्नुपर्ने धारणा बैठकले अघि सारेको उनले जनाए।

रास्वपाले यस कार्यका लागि अधिकार सम्पन्न संरचना वा प्राधिकरण गठन गरी विस्तृत लगत संकलनमार्फत व्यवस्थित पुनर्स्थापनाको प्रक्रिया अघि बढाउन सुझाव दिएको छ। प्रारम्भिक चरणमै कम्तीमा ७५ प्रतिशत व्यवस्थापन चैत मसान्तभित्र सम्पन्न गर्न सकिने गरी योजना बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

झाका अनुसार यस्तो प्राधिकरण गठन नभएसम्म गैरकानुनी वा गलत उद्देश्यका लागि अधिग्रहण गरिएका संरचना बाहेक अन्य क्षेत्रमा बल प्रयोग गरी हटाउने कार्य रोक्नुपर्ने धारणा समेत बैठकले राखेको छ।

स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर समन्वयात्मक रूपमा काम गरिरहेको उल्लेख गर्दै रास्वपाले समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन संघीय तहको नेतृत्व आवश्यक रहेको पनि औँल्याएको छ।

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

खुला तस्कर राज्यले हेरेर बस्न नसक्ने

४८ मिनेट अगाडि
आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको योगदान अपरिहार्य

अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

स्वतन्त्र प्रेसविना जनविश्वास सुदृढ हुन नसक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक