भक्तपुर । भक्तपुर नगरपालिका-१० पाईपलाईन डेरा गरी बस्ने लमजुङ घर भएकी ३७ वर्षीया शान्ती पाण्डेको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ९२ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


