सोम, साउन ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा आयाे

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गर्नुपर्छ : मनोज सिलवाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

देशको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले यसलाई सञ्चालनमा ल्याएको जानकारी गराएको छ । गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा, दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको मेरुदण्ड बन्ने लक्ष्यका साथ यो कम्पनीले आफ्नो कार्य आरम्भ गरेको पनि प्राधिकरणले जानकारी गराएको छ ।

‘पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा प्राधिकरणले गरेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने । प्राधिकरणका अनुसार यस कम्पनीले इन्टरनेट सेवा प्रदायकहरूलाई प्लग–एण्ड–प्ले’ मोडलमा पूर्वाधार उपलब्ध गराउनेछ ।

यसो हुँदा सेवा प्रदायकहरूले आफ्नै पोल गाड्ने वा तार टाँग्ने झन्झट गर्नु पर्दैन।’ प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकहरूको पूँजीगत खर्च उल्लेख्य रूपमा घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ । त्यसैगरी कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर,भूमिगत डक्ट, पोललाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराउने पनि जानकारी गराएको छ ।

काठमाडौं उपत्यकाको मुख्य समस्याका रूपमा रहेको ‘तारको गुजुल्टो’ हटाउन यस कम्पनीले प्राथमिकताका साथ काम गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ ।  ‘भूमिगत पाइपको साझा प्रयोगले शहरी सौन्दर्य फर्काउनुका साथै विद्युत र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिमलाई समेत न्यून गर्ने अपेक्षा हामीले गरेका छौँ,’ शाक्यले भने, ‘हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्ने झन्झट पनि योसँगै अन्त्य हुने भएकाे छ। शाक्यले अब प्रतिस्पर्धा पूर्वाधारमा होइन, सेवाको गुणस्तरमा हुनुपर्नेमा जोड दिँदै भने, ‘जब सबैले एउटै ‘डिजिटल सडक’ प्रयोग गर्छन्, तब कम्पनीहरू बीच गुणस्तरीय सेवा र सुलभ दरका लागि प्रतिस्पर्धा हुनेछ, जसको प्रत्यक्ष लाभ उपभोक्तालाई पुग्ने निश्चित छ ।

कम्पनीले डाटा सेन्टर सम्बन्धि विभिन्न सेवाहरू समेत प्रदान गर्ने योजना बनाएको छ ।’ उनले सरकारले नेपालका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्‍याउने लक्ष्य राखेको स्मरण पनि गराए । ‘त्यसलाई यो कम्पनीले नयाँ गति दिने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा आफ्नै पूर्वाधार निर्माण गर्न निजी कम्पनीहरूलाई अत्यन्तै महँगो पर्ने हुनाले प्राधिकरणको विद्यमान प्रसारण लाइन प्रयोग गर्दा सेवा लागत घट्ने र सर्वसाधारणले सस्तोमा इन्टरनेट पाउने वातावरण बन्नेछ ।

नेपाल डिजिटल पूर्वाधार कम्पनीको स्थापनासँगै नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ अध्याय थपिएको छ । यसले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई मूर्तरुप दिन कोसेढुङ्गा सावित हुने विश्वास प्राधिकरणले लिइएको छ ।’

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

बाढीपहिरोबाट एक जनाको मृत्यु

५ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमय दर निर्धारण

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमय दर निर्धारण

मण्डलाको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि

ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक