शुक्र, भदौ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

Passersby walk in Hong Kong's Mong Kok district under heavy rain and wind ahead of Typhoon Noul on Saturday, July 25, 2026. (AP Photo/Chan Ho-him)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ ।

आँधीका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएको छ । चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार ‘नाउल’ आइतबार बिहान ३ः५० बजे दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो वर्ष चीनमा ठोक्किएको सबैभन्दा शक्तिशाली टाइफुन हो । हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्रनजिक अधिकतम हावाको गति प्रतिघण्टा ११० किलोमिटर पुगेको थियो ।

ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै गर्दा ‘नाउल’ क्रमशः कमजोर भए पनि विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको थियो । सरकारी स्वामित्वको चाइना नेसनल रेडियोका अनुसार ग्वाङडोङमा सुरक्षाका लागि सात लाख १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

चाइना न्युज सर्भिसका अनुसार आँधीका कारण आइतबारका लागि प्रान्तका केही रेल सेवा पनि रद्द गरिएको थियो । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले दक्षिणी ग्वाङडोङ र दक्षिणपूर्वी फुजियान प्रान्तका केही क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी दिएको थियो । सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार ग्वाङडोङको तटीय हुइलाइ काउन्टीमा आँधीका कारण धेरै रूख ढलेका छन् । हङकङ विमानस्थल प्राधिकरणका अनुसार आइतबार करिब ३५० उडान रद्द गरिएको छ । हङकङका अधिकारीले आँधीका कारण सहरभरि कम्तीमा नौ जना घाइते भएको बताएका छन् । स्थानीय प्रहरीका अनुसार ‘नाउल’ हङकङनजिक पुग्दै गर्दा शनिबार दिउँसो एउटा अग्लो भवनमा जडान गरिएको मचानको केही भाग भत्किएको थियो । प्रारम्भिक विवरणअनुसार उक्त घटनामा कोही पनि घाइते भएका थिएनन् ।

ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार ‘नाउल’का कारण ताइवानको दक्षिणी तथा पूर्वी क्षेत्रमा वर्षा भएको थियो । आँधी ताइवानको दक्षिणी समुद्री क्षेत्र हुँदै अघि बढेको थियो । यसै महिनाको सुरुमा टाइफुन ‘भाभी’ले पूर्वी चीनमा तीव्र हावाहुरी र भारी वर्षा गराउँदा २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । ‘भाभी’ जुलाई ११ मा चीनको जमिनमा ठोक्किएको थियो । यसअघि जुलाई ३ मा टाइफुन ‘मेसाक’ दक्षिणी चीनमा ठोक्किएको थियो । रासस

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको केन्द्रीय समितिको बैठक जारी

३ घण्टा अगाडि
‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को चिठ्ठा नतिजा सार्वजनिक

विभिन्न मागहरूबारे छलफल

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वर्षाको गतिविधि बढ्ने सम्भावना

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

चेक बाउन्स मुद्दामा पक्राउ परेका रिहा

रास्वपाको केन्द्रीय समितिको बैठक जारी

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक