सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गोधूलि कला साहित्य प्रतिष्ठानका कोषाध्यक्ष एलेन घिमिरेले गोधूलिको कार्यक्रम कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता भएको बताएका छन् ।
शनिवार एउटै मञ्चबाट गोधूलिले पन्ध्र स्रजकलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ । सोही कार्यक्रमबारे प्रतिक्रिया दिदै घिमिरेले यस्तो बताएका हुन ।
नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा शनिबार सम्पन्न कार्यक्रममा योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. रमेशकुमार ढुंगेललाई ‘गोधूली वाङ्मय शिखर अभिनन्दन’ अर्पिएको हो।

त्यसैगरी वरिष्ठ कवि राजेन्द्र शलभ तथा वरिष्ठ साहित्यकार डा. छायादत्त न्यौपाने ‘बगर’लाई रु। एघार हजार एक सय एघारसहित ‘गोधूलि–भानु काव्यश्री सम्मान’ प्रदान गरियो।

त्यस्तै सांस्कृतिक अध्येता डा. नरेश शाक्यलाई ‘गोधूलि सत्यमोहन संस्कृति सम्मान’, मूर्तिकार ताराप्रसाद ओझालाई ‘गोधूलि अरनिको ललितकला सम्मान’, लोकसाहित्य अनुसन्धानकर्ता डा। प्रतिभा पुनलाई ‘गोधूलि–भानु लोक साहित्य सम्मान’, कलाकार तथा सामाजिक अभियन्ता फूल कुमार बम्जनलाई ‘गोधूलि भानु सिर्जना सम्मान’, साहित्यकार गंगाप्रसाद भेटवाललाई ‘गोधूलि–भानु वाङ्मय सम्मान’, कलाकार तथा शिक्षासेवी टिकाराम शर्मालाई ‘गोधूलि शिक्षा–कला जागरण सम्मान’, साहित्यसेवी प्रकाश भण्डारी (बेलायत)लाई ‘गोधूलि कला–साहित्य सेवा सम्मान’, प्रेरक उद्यमी तथा साहित्यसेवी सबिता ढुंगाना र साहित्यकार डा. सीता विष्ट कार्कीलाई ‘गोधूलि साहित्य सिर्जना सम्मान’ अर्पिएको हो।

साहित्यकार आश्मा अर्याललाई ‘गोधूलि युवा सिर्जनशील सम्मान’नौ हजार नौ सय उन्नानसय नगद राशिसहित प्रदान गरियो भने पाँच हजार पाँच सय पचपन्न नगद राशिसहित साहित्यकार एन्जेलिना न्यौपानेलाई ‘गोधूलि नवप्रतिभा सम्मान’ तथा दुई हजार पाँच सय पचपन्न नगद राशिसहित नेपाल बाल संगठन, सिफलका उमेश राईलाई चित्रकलातर्फ ‘गोधूलि–चिसकुमारी बाल–प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो। पुरस्कृतहरुलाई कोषाध्यक्ष एलेन घिमिरेले नगद राशि हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा रमेशकुमार ढुंगेलले सम्मान तथा पुरस्कार प्रदान गर्दै साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा स्रष्टाहरूको योगदान राष्ट्रका लागि अमूल्य रहेको उल्लेख गरे। भानुजयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो। सो अवसरमा वरिष्ठ कवि गोपीकृष्ण प्रसाईंले भानु विशेष कविता वाचन गरेका थिए।
गोधूलि प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व प्रतिष्ठानका विशिष्ट सदस्य पशुपति गुरुङले गरेकी थिइन्। कार्यक्रममा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान

डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान

४ हप्ता अगाडि
यस्ता छन् मदन पुरस्कारमा छनाैट भएका यी १० कृति

यस्ता छन् मदन पुरस्कारमा छनाैट भएका यी १० कृति

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक