मङ्ल, बैशाख १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बहसपत्र साझा संकल्प तयार पारी अघि बढाउन सुझाव

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
बहसपत्र साझा संकल्प तयार पारी अघि बढाउन सुझाव

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदललाई संविधानका विज्ञहरुले न्यायलयको सुधारदेखि निर्वाचन प्रणालीसम्म सुधार गर्न सक्ने गरी बहसपत्र साझा संकल्प तयार पारी अघि बढाउन सुझाव दिएका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा वरिष्ठ अधिवक्ता एवं संविधानविदहरुले सबै दलहरु मिलेर गरेको संविधान संशोधन दीर्घकालीन हुने भन्दै समय सापेक्ष जनताको मुद्दा सम्बोधन गर्न सक्ने बनाउन भनेका छन् । संविधानविद् पूर्णमान शाक्यले संविधानको आधारभूत संरचनामा असर नपर्ने गरी मात्र संशोधन अगाडि बढाउनुपर्ने सुझाव दिए ।

अर्का संविधानविद् डा. विपिन अधिकारीले पूर्ण संसदीय व्यवस्थालाई नै निरन्तरता दिँदै प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिनु उपयुक्त हुने तर्क गरे । त्यस्तै, संविधानविद् राधेश्याम अधिकारीले संविधान नागरिक र सरकारबीचको सेतु भएकाले हतारमा भन्दा बृहत् छलफलपछि मात्र संशोधन गरिनुपर्ने सुझाव दिए ।

अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसका एजेन्डाहरूलाई संसद्ले स्वामित्व लिने गरी विश्वसनीय ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिए । वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले संविधानमा महिला अधिकारका प्रावधानहरूलाई थप स्पष्ट पार्दै राज्यका हरेक तहमा लैङ्गिक सहभागिता सुनिश्चित गरिनुपर्ने धारणा व्यक्त गरिन् ।

वरिष्ठ अधिवक्ता गोविन्द शर्मा बन्दीले न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न न्याय परिषद्को संरचनाबाट कानुनमन्त्री र नेपाल बार एसोसिएसनका प्रतिनिधिलाई हटाउनुपर्ने सुझाव दिए ।

अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रस्तावित विषयहरू सान्दर्भिक भए पनि संसद्ले स्वीकार गर्ने गरी अगाडि बढ्नुपर्नेमा सचेत गराए । महिला अधिकारको पक्षमा बोल्दै वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले संविधानमा लैङ्गिक सहभागिता थप स्पष्ट पार्नुपर्ने धारणा राखिन् भने वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले कार्यदलको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै यसको संयोजक संसद् सदस्य हुँदा थप प्रभावकारी हुने विचार व्यक्त गरे ।

यो पनि पढ्नुहोस्

गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

२ घण्टा अगाडि
देउवा समूहको भेलामा धुमबराहीमा सुरु

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ चलचित्र ‘गौथली’ आउँदै

६५ मिटर मापदण्डविरुद्ध फेवाताल पीडित पुनः सर्वोच्चमा, पुनरावलोकनको माग

मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना

रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक