काठमाडौं । वर्षा भएपछि मनोहराको सुकुम्बासी बस्तीमा बिजोग भएको छ।
सरकारले बस्तीमा डोजर चलाएपछि घरविहीन भएकाहरूको वर्षा बिजोग बनाएको हो।
बस्ती भत्काइएपछि घर बाहिर निकालिएका सामान भिजेका छन्। केहीले त्रिपाल र प्लास्टिकले सामान छोपेका छन्। पानीमा भिज्दै उनीहरू आफ्नो सामान कुरेर बसिरहेका छन्।
शनिबार थापाथली र गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले आइतबार मनोहराको सुकुम्बासी बस्ती भत्काएको हो।


