काठमाडौं । पूर्वमन्त्री एवम् राप्रपा उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो ।
आफू अनुकुलका ठेक्का हत्याउन ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पाण्डे २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएको थिए । यस पटक भने उनले उम्मेदवारी दिएका थिएनन् ।


