काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ परेका छन् ।
सरकारले सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै सो क्षेत्रमा प्रदर्शन भएको थियो । सोही क्रममा सुकुमबासी मोर्चाको कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
परियार २०७९ मा ज्यान मार्ने र बैङ्किङ कसुर मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ ।


