काठमाडौं । नेपाल सम्बंत आन्दोलनका अगुवा बिष्णु चित्रकारको १३ दिने पुण्यतिथिकाे अवसरमा श्रद्वाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाः ब्यान्क्वेट, खुसिबुँमा भएको श्रद्धाञ्जलि कार्यक्रममा सहभागी भएका सम्पूर्ण सुभचिन्तकहरू दिवंगत हुनु भएका विष्णु चित्रकारको तस्बिरमा पुष्प गुच्छा अर्पण गरि श्रद्धाञ्जली व्यक्त गरी निर्वाणको कामना गरी नेपाल सम्बत न्हूदँ संरक्षण समाजका अध्यक्षले प्रा.डा. नरेशमान बज्रार्चायले धारणी पाठ समेत गर्न भएकाे थियाे ।
नेपालभाषाका अगुवा तथा नेकपा (एमाले) का पुराना नेता समेत रहनु भएका दिवंगत बिष्णु चित्रकारकाे तस्बिरमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, ज्योति शाक्य प्रा.डा. नरेशमान बज्राचार्य, मल्ल के सुन्दर (चान्सलर, नेपालभाषा ऐकेडेमि,) आदिवासी नेवाः राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठ, नेपाल संबत् न्हूदँ संरक्षण समाजका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्य, नेपालभाषा मंकाः खलःका अध्यक्ष रमेशमान पिया, जगतसुन्दर ब्वनेकुथि सञ्चालक समितिका अध्यक्षा डा. चुन्दा बज्राचार्य, नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति १९४६,का अध्यक्ष प्रा. प्रेमहिरा तुलाधर, नेवाः देय् दबू,का अध्यक्ष रश्मिला प्रजापति, हलिं नेवाः दबू नेपाः च्याप्टरका अध्यक्षा रमेशमान मूनीकार, नेवाः देय् गुथिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मातृभाषाका चिन्तक बिष्णु चित्रकारले नेपालभाषाकाे क्षेत्रमा दिएकाे याेगदान समाजसेवा, राजनैतिक, पत्रकारिता, नेपाल सम्बंत आन्दोलन, साहित्यिक तथा शैक्षिक क्षेत्रमा दिनु भएकाे याेगदानकाे चर्चा गर्नु भएकाे थियाे ।
साे कार्यक्रममा जगतसुन्दर ब्वनेकुथि सञ्चालक समिति, नेपालभाषा मंकाः खलः, नेवाः देय् दबू, नेपालभाषा ऐकेडेमि, आदिवासी नेवाः राजनीतिक अभियान, नेपाल संबत् न्हूदँ राष्ट्रिय समारोह समिति, नेपाल संबत् न्हूदँ संरक्षण समाज, हलिं नेवाः दबू नेपाः च्याप्टरकाे संयुक्त अायाेजनामा श्रद्वाञ्जली कार्यक्रमकाे गरिएकाे थियाे ।
बहुआयामिक व्यक्तित्वका धनी विष्णु चित्रकारको मुस्तांगको लोमाथांगमा २०८२ चैत २४ गते हृदयघाटबाट निधन भएकाे थियाे ।
यसका साथै वर्ल्ड नेवाः अर्गनाइजेशनले आफ्नो १५९५ औं भागमा उहाँको सम्झनामा विशेष कार्यक्रम प्रसारण समेत गरिएकाे थियाे ।


