बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
जेन–जी प्रदर्शनमा ‘सरकारको गम्भीर कमजोरी’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला भएका घटनाका दोषीलाई कारबाही गर्न सरकारलाई ‘छिट्टै’ सिफारिस गर्ने भएको छ । अहिले त्यसको गृहकार्य अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले अनलाइनखबरसँग भने, ‘हामी सकेसम्म छिटो सरकारलाई कारबाही सिफारिस गर्छौं । अहिले आयोग त्यसकै गृहकार्यमा जुटिरहेको छ ।’

कहिले सिफारिस हुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘ठ्याक्कै डेट त म भन्न सक्दिनँ तर छिट्टै गर्ने कुरा छ । हामी तयारी गरिरहेका छौं ।’

छानबिनको क्रममा दोषी देखिएकाहरुलाई कारबाही सिफारिसपछि सबैको जानकारीका लागि प्रतिवेदन सार्वजनिक पनि गर्ने प्रवक्ता पोखरेलले जनाए ।

‘मानव अधिकार आयोगले सरकारलाई प्रतिवेदन बुझाउँदैन । हाम्रो त्यो म्यान्डेट होइन, हामीले सरकारलाई सिफारिस गर्ने हो र विशेष घटनाको प्रतिवेदन आम नागरिकको जानकारीका लागि सार्वजनिक पनि गर्ने गरेका छौं ।’

भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न माग गर्दै गत भदौ २३–२४ गते काठमाडौंमा भएको जेनजी पुस्ताको प्रदर्शनले हिंसात्मक रुप लिँदा ७६ जनाको ज्यान गएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगले सदस्य डा। लिली थापाको संयोकत्वमा जेनजी प्रदर्शनका क्रममा भएको मानव अधिकार उल्लंघनसम्बन्धी अनुसन्धान गर्न समिति गठन गरेको थियो । आयोगको अध्ययन टोली तथा प्रादेशिक कार्यालयबाट ४५ जिल्लामा स्थलगत अध्ययन गरेको थियो भने ७७ वटै जिल्लाको अनुगमन पनि गरिएको थियो । दुई दिनका घटनाका सयौं सीसीटीभी फुटेजको फरेन्सिक अध्ययन पनि गरिएको आयोगले जनाएको छ ।

त्यसपछि सो समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीहरूलाई समेत कारबाही सिफारिसहितको प्रतिवेदन तयार पारेको स्रोतले जनाएको छ ।

अनुसन्धान प्रतिवेदनले राष्ट्रिय सुरक्षा परिषद्ले जेनजी आन्दोलनका क्रममा आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह नगरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य रहने गर्छन् । परिषद्मा रक्षा मन्त्रालयका सचिव सदस्यसचिव रहने गर्छन् ।

‘प्रतिवेदनमा राष्ट्रिय सुरक्षा समितिका पदाधिकारीलगायत धेरैलाई दोषी नै किटान गरी मानव अधिकार उल्लंघनमा कारबाही सिफारिस गरिएको छ,’ स्रोतले भन्यो, ‘आयोगले प्रतिवेदन पारित गरेपछि त्यो सिफारिसका कार्यान्वयनका लागि जान्छ ।’

जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय परिषद्को अध्यक्ष थिए । तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, तत्कालीन रक्षामन्त्री मानवीर राई, तत्कालीन मुख्यसचिव एकनारायण अर्याल तथा प्रधान सेनापति अशोक सिग्देल सदस्य थिए ।

सुरक्षा परिषद्का पदाधिकारीहरूलाई मानव अधिकार आयोग ऐन तथा अन्य कानुनबमोजिम कारबाही सिफारिस भएको स्रोतले जानकारी गराएकाे छ ।

आयोगले प्रतिवेदन तयार गर्ने क्रममा ओली र लेखक सहित तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतसँग बयान समेत लिएको थियो ।

त्यस्तै, पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाह, कलाकारहरू दीपकराज गिरी, निश्चल बस्नेतलगायतसँग पनि बयान लिएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई छानबिन प्रतिवेदन बुझाउँदै सदस्य डा। लिली थापा
साथै, समितिको प्रतिवेदनमा विशेष सुरक्षा योजना कार्यान्वयन हुन नसकेको, आन्दोलन नियन्त्रणका लागि सिलसिलेवार रुपमा बल प्रयोग नगरी एकैपटक अत्यधिक बल प्रयोग तथा घातक हतियार प्रयोग गरेको लगायत निष्कर्ष पनि निकालेको छ । यस्ता घटनामा संलग्नहरूलाई पनि कारबाही सिफारिस गरिएको आयोग स्रोतले जानकारी दियो ।

आयोगले अनुसन्धान गर्दा जेनजी आन्दोलनका अगुवाहरू तथा सडकमा आन्दोलनको नेतृत्व गर्नेहरूको भूमिकाबारे पनि विस्तृतमा अध्ययन गरेको जनाएको छ ।

गत ‘२३ भदौको आन्दोलनअघिका तयारीका बारेमा पनि मिहीन रुपमा केलाइएको छ । विभिन्न सामाजिक सञ्जालमा प्रवाह भएका सन्देश, भिडियोहरूको पनि अध्ययन गरिएको छ । त्यसक्रममा डिस्कर्डलगायत सामाजिक सञ्जालमा बम बनाउन सिकाउने, नेता तथा व्यवसायीका घर तथा कार्यालय कहाँ छ भनेर नक्सा नै सेयर गर्ने लगायत गतिविधि भएको पाइएको छ,’ स्रोतले भन्यो ।

२३ भदौमा प्रहरीको गोली लागेर मृत्यु भएकामध्ये सबैजसोलाई कम्मरमाथि गोली लागेको पोस्टमार्टम रिपोर्ट आयोगले प्राप्त गरेको स्रोतले  जानकारी गराएकाे छ ।

जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकलाई फौजदारी कसुरमा कारबाही सिफारिस गरेको थियो ।

चुनावपछि बालेन नेतृत्वमा नयाँ सरकार बनेको भोलिपल्ट अर्थात चैत १४ गते बिहानै ओली र लेखक १३ दिनपछि रिहा भएका थिए ।

यो पनि पढ्नुहोस्

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

२ घण्टा अगाडि
नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले हराउँदै रोमाञ्चक जित दर्ता

साफ महिला च्याम्पियनसिप खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक