काठमाडाैं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।
बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाका बारेमा विस्तृत छलफल हुने बताइएको छ ।


