बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महाअभियोग दर्ता भएमा ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 2 mins read
0
महाअभियोग दर्ता भएमा ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । संवैधानिक आयोगका पदाधिकारी तथा सर्वोच्च अदालतका न्यायाधीशहरूविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएमा अब ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने भएको छ।
विगतमा महाभियोग दर्ता भएपछि लामो समय रोकेर राखिँदै आएकोमा अब त्यसरी महाअभियोग प्रस्ताव पेस भएको ५ महिनाभित्र टुङ्गो लाउनुपर्ने नियमावली बनाइएको छ।
प्रतिनिधिसभा कार्य सम्पादन मस्यौदा नियमावली कुनै पदाधिकारीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावलाई लामो समयसम्म अल्झाउन नपाइने व्यवस्था गरिएको हो । महाभियोगको प्रस्तावमाथि सम्पूर्ण कारबाही बढीमा ५ महिनाभित्र टुङ्गो लगाइसक्नुपर्नेछ। यसअघि यस्तो निश्चित समयसीमा नहुँदा महाभियोग प्रस्तावहरू महिनौँसम्म अनिर्णीत बन्ने गरेका थिए।
महाभियोगको प्रस्ताव दर्ता भएपछि गठन हुने ११ सदस्यीय ’महाभियोग सिफारिस समिति’ ले आफ्नो कार्य सुरु गरेको मितिले बढीमा ३ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।
समितिले आरोपित व्यक्तिलाई सफाइ पेस गर्न ७ दिनको उचित मौका दिनुपर्ने व्यवस्था पनि गरिएको छ । यदि प्रतिनिधि सभाको कार्यकाल ५ महिनाभन्दा कम बाँकी रहेको अवस्थामा महाभियोग दर्ता भयो र कारबाही टुङ्गो लाग्न सकेन भने, उक्त प्रस्ताव नयाँ निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाका लागि अभिलेखका रूपमा रहनेछ। नयाँ सदनले कार्यभार सम्हालेको ६ महिनाभित्र उक्त महाभियोगको बाँकी प्रक्रिया पुरा गरी निर्णय लिनुपर्नेछ। यसले गर्दा कार्यकाल सकिनै लाग्दा महाभियोगबाट बच्न सकिने छिद्र बन्द भएको छ।
राष्ट्रपति वा उपराष्ट्रपति विरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ (२/३) बहुमत बाट पारित हुनुपर्नेछ। पारित भएपछि सम्बन्धित पदाधिकारी स्वतः पदमुक्त हुनेछन् । यस्तै व्यवस्था सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीशहरू, न्याय परिषद्का सदस्य र संवैधानिक निकायका प्रमुख वा पदाधिकारीहरूको हकमा पनि लागू हुनेछ ।
महाभियोग प्रस्ताव दर्ता गर्न प्रतिनिधि सभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ (१/४) सदस्यको हस्ताक्षर आवश्यक पर्नेछ। प्रस्ताव दर्ता गर्दा आधार र कारणहरू स्पष्ट रूपमा खुलाउनुपर्ने नियमावलीमा उल्लेख छ।
महाभियोग पारित भई पदमुक्त भएको व्यक्तिले संविधानको धारा १०१ को उपधारा ९ बमोजिम भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन पाउने छैन र पदमा रहँदा पाएको कुनै पनि सुविधा लिन पाउने छैन।
महाभियोग पारित भई पदमुक्त भएको व्यक्तिले संविधानको धारा १०१ को उपधारा ९ बमोजिम भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन पाउने छैन र पदमा रहँदा पाएको कुनै पनि सुविधा लिन पाउने छैन।

यो पनि पढ्नुहोस्

बिचौलियालाई निषेध गर्न निर्देशन

बिचौलियालाई निषेध गर्न निर्देशन

२ घण्टा अगाडि
नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि

नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

नेपाली केम्पो टोली टर्की प्रस्थान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक