बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिचौलियालाई निषेध गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 3 mins read
0
बिचौलियालाई निषेध गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मालपोत तथा नापी कार्यालयमा कडाइ गरिएपछि लेखापढी व्यवसायीसँग भूमि सुधार मन्त्रालयले छलफल गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष सिताराम दाहाल सहितको टोलीसँग छलफल गरेकी हुन् ।

मालपोत र नापी कार्यालयहरूको सेवा प्रवाहमा समस्या भएको भन्दै भूमि सुधार मन्त्रालयले चैत १८ गते सबै कार्यालयहरूमा अनधिकृत व्यक्ति(बिचौलिया)लाई प्रवेशले निषेध गर्न निर्देशन दिएको थियो ।

त्यसपछि मालपोत तथा नापीका कार्यालयबाट अनधिकृत व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिने गरेको थियो ।

सो क्रममा मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीका कागजपत्र तयार गर्ने लेखापढी तथा भुसेवा व्यवसायीहरू समेत नियन्त्रणमा परेको भन्दै लेखापढी व्यवसायीहरूले आपत्ति जनाउँदै आएका थिए ।

मन्त्रालयले भने लेखापढी व्यवसायीलाई आफ्नो परिचय खुल्ने परिचयपत्र र छुट्टै ड्रेस कोड लागु गर्न आग्रह गरेको थियो ।

लेखापढी व्यवसायीले भने तत्कालै परिचयपत्र र छुट्टै ड्रेस कोड  लागु गर्न सम्भव नभएको भन्दै आएका थिए ।

 छलफलमा मन्त्री रावलले लेखापढी व्यवसायीलाई हतोत्साहित गर्ने उद्देश्य नभएकाले लेखापढी व्यवसायीलाई व्यवस्थित गराउनका लागि मन्त्रालयले सहजीकरण गर्ने बताइन् ।

तर लेखापढी व्यवसायीले सेवाको रेट कार्ड र पहिचान खुल्ने  ड्रेस  भने तत्कालै कार्यान्वयन गर्नुपर्ने बताइन् ।  साथै मालपोत तथा नापी कार्यालयमा व्यक्तिगत तथा सरकारी संवेदनशील दस्ताबेज रेकर्ड हुने भएकाले लेखापढी व्यवसायीले आफ्नो क्षेत्राधिकार र कार्यालयको गरिमा ख्याल गर्न आग्रह गरिन् ।

एशोसियनका अध्यक्ष दाहालले लेखापढी व्यवसायीलाई सम्बन्धी मालपोत र जिल्ला अदालतले दिने प्रमाणपत्र हुने भए पनि छुट्टै परिचयपत्र भने नभएको बताएका थिए । साथै आफूहरूलाई बिचौलिया करार गरिएकोमा जनमानसमा भ्रम फैलिएको जनाएका थिए ।

यो पनि पढ्नुहोस्

महाअभियोग दर्ता भएमा ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने

महाअभियोग दर्ता भएमा ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने

२ घण्टा अगाडि
नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि

नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

नेपाली केम्पो टोली टर्की प्रस्थान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक