बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

धारणा न्यूज by धारणा न्यूज
३ दिन अगाडि
0
राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतर पक्षले एकसाताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग गरेको छ ।

राप्रपा नेता धवल शमशेर राणाको नेतृत्वमा आइतबार बसेको  बैठकले सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन आयोजनाको माग गरेको हो । उक्त महाधिवेशनमा निष्पक्ष व्यक्तिको संयोजनमा हुनुपर्ने इतर पक्षको माग छ ।

यस्तै राप्रपाको आदर्श, विधान र अनुशासन विपरीत भएका काम कारबाहीको न्यायसंगत छानबिनका लागि समिति गठन गर्न पनि उक्त पक्षले माग गरेको छ ।

२०७८ को एकता महाधिवेशनबाट नयाँ ऊर्जासहित अघि बढेको राप्रपा संसदीय चुनावमा खुम्चिएसँगै नेतृत्व परिवर्तनको माग हुन थालेको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्बोधन गरेर लेखिएको माग पत्रमा भनिएको छ,“अध्यक्ष राजेन्द्र लिङदेनले मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु भन्नुभएको थियो, पार्टीको पक्षमा अकल्पनीय नतिजा प्राप्त हुने बताउनुभएको थियो । नतिजा त अकल्पनीय नै प्राप्त भयो तर, नकारात्मक रूपमा ।”

निर्वाचन परिणामको डेढ महिनासम्म पनि चुनावी असफलताबारे लेखाजोखा नभएको भन्दै उक्त समूहले आपत्ति जनाएको छ ।

यस्तै, संस्थागत निर्णयविना उपसभामुखमा उमेदवारी दिएको भन्दै इतर पक्षले परिस्थितअनुसार चल्न नेतृत्व असफल भएको जिकिर गरेको छ ।

“उपसभामुख पदमा उमेदवारी दिएबाट राप्रपामाथि निष्ठा र सैद्धान्तिक आधारमा प्रश्न मात्र उठेन, प्रजातान्त्रिक अनुशासन र जिम्मेवारीबाट पार्टी र नेतृत्व पूर्ण चुकेको निष्कर्ष प्रवाह भयो,” पत्रमा भनिएको छ ।
महाधिवेशनबाट नयाँ नेतृत्वमा अघि बढ्नुको विकल्प राप्रपामा नभएको उक्त समूहको निष्कर्ष छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसले पूर्वसभामुख ढुंगानाको शोकमा झण्डा आधा झुकाउने निर्णय

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति भाेलि बैठक बस्दै

१ दिन अगाडि
कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक