मङ्ल, बैशाख १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पेरिस । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबीचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने बताएका छन् । फ्लोरिडाबाट फर्केपछि मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानसँग सम्झौता नभए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताए । यसैबीच, पाकिस्तानमा सप्ताहन्तमा भएको वार्ता निष्कर्षविहीन बनेपछि कूटनीतिक प्रयास झनै कमजोर भएको देखिएको छ ।

तनावलाई थप चर्काउने गरी अमेरिकी सेनाले सोमबारदेखि इरानी खाडी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । युएस सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलडमरूमध्य आसपासका इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने सबै जहाजमाथि निगरानी र नियन्त्रण गरिनेछ । यद्यपि अन्य देशका जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध नपारिने जनाइएको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यस रणनीतिक जलमार्गमा यस्तो कदमले विश्व बजारमै असर पार्ने अनुमान गरिएको छ ।

इरानले भने यस्तो कदमलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया जनाएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै कुनै पनि उक्साहटको जवाफ कडा रूपमा दिने चेतावनी दिएको छ । इरानी नौसेनाका प्रमुखले अमेरिकी कदमलाई ‘हास्यास्पद’ भन्दै आफ्नो सेनाले क्षेत्रका सबै गतिविधिमा निगरानी गरिरहेको बताए ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले पनि देश कुनै दबाबमा नझुक्ने बताइसकेका छन् । ‘यदि युद्ध थोपरियो भने हामी लड्छौँ, र यदि संवाद आयो भने संवादमै अघि बढ्छौँ’, उनको भनाइ उद्धृत गरिएको छ । उता, विदेशमन्त्री अब्बास अराघचीले वार्ता सम्झौताबाट ‘इन्च मात्र टाढा’ पुगेको दाबी गर्दै अन्तिम समयमा अमेरिकाले अडान बदलेको आरोप लगाएका छ् ।

यसबीच, तनावको सीधा असर ऊर्जा बजारमा देखिएको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि ब्रेन्टको मूल्य तीव्र रूपमा बढेको छ । विश्लेषकहरूका अनुसार खाडी क्षेत्रमा अवरोधको जोखिमले आपूर्ति अनिश्चित बनेपछि मूल्य उक्लिएको हो ।

क्षेत्रीय स्तरमा पनि द्वन्द्व शान्त हुने सङ्केत देखिएको छैन । लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायल–हिजबुल्लाह युद्ध अन्त्य गर्न प्रयास जारी रहेको बताएका छन् । उनले इजरायली सेना फिर्ता गराउने, कैदीहरू मुक्त गराउने र ध्वस्त संरचनाको पुनर्निर्माण गर्ने लक्ष्यमा काम भइरहेको उल्लेख गरेका छन् ।

तर, इजरायलले भने आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिने सङ्केत दिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनान भ्रमणका क्रममा हिजबुल्लाहबाट आउने खतरा नियन्त्रणमा आएको दाबी गरे, यद्यपि ‘सुरक्षा क्षेत्रभित्र युद्ध जारी’ रहेको स्वीकार गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन युनिफिलले इजरायली ट्याङ्कले आफ्ना गाडीहरूमा दुईपटक ठक्कर दिएको र दक्षिण लेबनानका केही मार्ग अवरुद्ध गरिएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ ।

लेबनानमा जारी आक्रमणका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र कुल मृतक सङ्ख्या दुई हजार ५५ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले भने वर्तमान युद्धविराम लेबनानमा लागू नहुने बताउँदै हिजबुल्लाहविरुद्ध कारबाही जारी राख्ने अडान दोहोर्‍याएको छ ।

यो पनि पढ्नुहोस्

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

८ घण्टा अगाडि
इरानमा अमेरिकी गुप्तचरहरूलाई ठूलो संख्यामा पक्राउ

इरानमा अमेरिकी गुप्तचरहरूलाई ठूलो संख्यामा पक्राउ

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने

भौतिक मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

विदेशी मुद्राको विनिमयदर निर्धारण

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

नयाँ गीत ‘जीवन रहरमै’ विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक