बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना

धारणा न्यूज by धारणा न्यूज
३ दिन अगाडि
0
नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना रहेको जनाएकी छन् ।

वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सीमित राखिएको बताइन् । उनले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिए । उनकाअनुसार यस प्रकारको पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईमा पुर्याउन सहयोग पुग्नेछ ।

उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताइन् । यसले राजश्व वृद्धिसँगै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाइ छ ।

अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गरिन् । वनस्पति तथा जडीबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।

ग्रामीण क्षेत्रको गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा जडीबुटी क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ । सरकार वनस्पति तथा जडीबुटी क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानुनी सुधार गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

उनले समयसापेक्ष सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको बताइन् । साथै, युवालाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवर्द्धनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याइन् ।

उनले भनिन्, ‘विभागले तयार गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी व्यावसायिक उत्पादनमा लैजान सकिन्छ । यसले देशको राजश्व वृद्धिमा मात्रै होइन, स्वदेशमा नै उद्योग स्थापना र रोजगारी सिर्जना पनि योगदान पुर्‍याउँछ । यस्ता अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिला गर्नुहुँदैन, साथै त्यस्ता कार्यमा योगदान दिने वैज्ञानिकहरूलाई प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । नेपालमा पाइने जडीबुटीहरूबाट औषधीय उत्पादनहरूको ठुलो सम्भावना छ तर हामीले अझै प्रारम्भिक चरणमा सीमित राखेका छौँ । विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानहरूसँग सहकार्य गरी कम्तीमा प्रि क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

नेपालको स्वास्थ्य प्रणाली समस्याग्रस्त

४ दिन अगाडि
सार्वजनिक बिदामा  स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक