काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्।
आइतबार नवलपुर पुगेका गृहमन्त्री गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका हुन्। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेका मन्त्री गुरुङलाई पिर्के सलामी दिने तयारी भएको थियो । तर मन्त्री गुरुङले आफुले पिर्के सलामी नलिने जनाएपछि कार्यक्रम स्थगन गरिएको थियो । जिल्लामा गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।
नवलपुरका सहायक सिडिओ चिरन्जिबि राना, एसपि युबराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगाएतको सहभागीता रहेको थियो ।


