काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । उपसभामुखमा श्रम संस्कृतिबाट रुवि कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् ।
रुविको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी छन् । पार्टीले रुविलाई समर्थन गर्ने पार्टीले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी गराए ।
रुवि श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन्।
उपसभामुख पदमा राप्रपाले पनि मनोनयन दर्ता गरेको छ । राप्रपाबाट समानुपातिक सांसद सरस्वती लामा उम्मेदवार बनेकी छन् ।


