काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकरण भट्टलाई नियुक्त गर्नेदेखि पेट्रेलियम पदार्थमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने सहितका निर्णय गरिएकाे छ ।
बैठकपश्चात संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रिपरिषद्ले गरेका निर्णय जानकारी गराइन् ।
यी हुन्- मन्त्रिपरिषद्ले गरेका ९ निर्णय
१ वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहलियतपूर्ण ऋण स्वीकार गर्ने।
२ पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको पूर्वाधार विकास करमा ५०५ छुट प्रदान गर्ने।
३ पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी -३ मा स्थानान्तरण गरी सो भवनमा जल तथा ऊर्जा आयोगको सचिवालयको कार्यालय स्थानान्तरण गर्ने ।
४ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्री श्रीमणकुमार गौतम र सदस्य श्री ललिता कुमारी महर्जन एवं श्री ध्रुव आचार्यको राजीनामा स्वीकृत ।
५ नागढुंगा सुरुडमार्गको पश्चिम खण्ड क्षेत्रमा पर्ने धुनिवेसी नगरपालिका वडा नं ९ मा रहेको करिब ९ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने।
६ पासाङल्हामु राजमार्गको बेत्रावती-धुन्चे-स्याफ्रुवेशी सडक खण्डको बुनुवा घुम्तीमा पर्ने उत्तरगया गाउँपालिका वडा नं ५ मा रहेको करिब २ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने।
७ काठमाडौं-तराई/मघेस द्रुतमार्ग सडक आयोजना निर्माणको लागि काठमार्डौं, ललितपुर र मकवानपुरमा रहेको राष्ट्रिय वन क्षेत्रको कूल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र उक्त वन क्षेत्रमा रहेका विभिन्न प्रजातीका १८९८ गोटा रुख/पोल हटाउन स्वीकृति दिने।
८ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्ट, डोटीलाई नियुक्त गर्ने।
९ नेपाल राष्ट्र बैंकको रिक्त दुई डिपुटी गभर्नर पदमध्ये एकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री किरण पण्डितलाई नियुक्त गर्ने।


