सोम, साउन ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाँदै गर्दा तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविद्ले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलिने जोखिम बढेको छ भने दुवै देशले ठूलो सङ्ख्यामा अग्निनियन्त्रक, सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्।

दक्षिणपश्चिम फ्रान्सको गिरन्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डढेलोमध्ये एक बनेको अधिकारीहरूले बताएका छन्।

फ्रान्समा डढेलोका कारण ‘पाइरोकुमुलोनिम्बस’ भनिने विशाल आगोको बादल बनेको छ। यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङमार्फत थप आगो फैलाउने जोखिम बढाएको फ्रान्सको राष्ट्रिय अग्निनियन्त्रक महासङ्घले जनाएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आपत्कालीन अवस्थाबारे छलफल गर्न सोमबार सङ्कट व्यवस्थापन बैठक बोलाएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि आगो प्रभावित भ्यालेन्सिया क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उहाँले यसअघि कठिन अवस्था अझै बाँकी रहेको चेतावनी दिएका थिए।

स्पेनका अधिकारीहरूका अनुसार अविला क्षेत्रमा मात्रै करिब ७७ हजार हेक्टर क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणका लागि २८० किलोमिटर परिधिमा अभियान सञ्चालन भइरहेको छ। भ्यालेन्सिया क्षेत्रमा थप डढेलो फैलिँदा १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन्। म्याड्रिड, अविला, टोलेडो र कास्टेलन क्षेत्रबाट करिब ७५ हजार मानिस सुरक्षित स्थानमा सारिएका छन्।

फ्रान्सको गिरन्डे क्षेत्रमा करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। ४५ वटा शिविर बन्द गरिएका छन् भने करिब ४० हजार पर्यटकको बिदा प्रभावित भएको छ। स्थानीय प्रशासनले स्काउट शिविर र अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालित बिदा शिविरसमेत बन्द गर्न आदेश दिएको छ।

आगोले बुधबारयता गिरन्डे क्षेत्रमा ४२ हजार हेक्टर वन क्षेत्र र कम्तीमा २४० घर ध्वस्त पारेको छ। बोर्डेक्सको दक्षिणतर्फको मुख्य राजमार्ग र रेल सेवा अवरुद्ध भएका छन्। रक्षा मन्त्रालयले बोर्डेक्स आसपासका एयरोस्पेस उद्योगको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ।

आगो नियन्त्रणका क्रममा गिरन्डे क्षेत्रमा ८४ जना अग्निनियन्त्रक घाइते भएका छन्। तीमध्ये १० जनालाई उपचारका लागि अन्यत्र सारिएको छ। फ्रान्सका अग्निनियन्त्रक सङ्घले विषाक्त धुवाँबाट जोगिने पर्याप्त सुरक्षात्मक सामग्रीको अभाव रहेको जनाएको छ।

हाल गिरन्डे क्षेत्रमा करिब दुई हजार ५०० अग्निनियन्त्रक, एक हजार ५०० सैनिक र एक हजार २०० प्रहरी परिचालन गरिएका छन्। बोर्डेक्सका मेयर थोमस क्याजेनाभले सहर खाली गर्ने कुनै योजना नरहेको तर अवस्था निरन्तर निगरानीमा रहेको बताएका छन्।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता चरम डढेलो झन् तीव्र र बारम्बार हुन थालेको बताएका छन्। मौसमविद्का अनुसार फ्रान्सका केही क्षेत्रमा आगामी दिनमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ।

स्पेनका राजा फेलिप छैटौँले डढेलोले देशको प्राकृतिक सम्पदामा अकल्पनीय क्षति पु¥याएको बताउँदै प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुभएको छ। पोप लियो चतुर्थले पनि फ्रान्स र स्पेनका प्रभावित समुदाय तथा उद्धारकर्मीका लागि प्रार्थना गर्न विश्व समुदायलाई आह्वान गरेका छन्।

यसैबीच इटालीको दक्षिणी पुग्लिया क्षेत्रमा पनि डढेलो फैलिँदा पेसचिची आसपासबाट चार सयभन्दा बढी पर्यटक र समुद्र किनारामा रहेका सर्वसाधारणलाई समुद्री मार्गबाट सुरक्षित स्थानमा सारिएको छ भने थप उद्धार कार्य जारी । रहेको अधिकारीहरूले जनाएका छन्

यो पनि पढ्नुहोस्

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

१ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

अमेरिकाले व्यापार साझेदार असर गर्ने घोषणा

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमय दर निर्धारण

कांग्रेसका नेता र भारतको महाराष्ट्रका मुख्यमन्त्रीबीच भेटवार्ता

मण्डलाको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि

सिस्नेखोला सुरुङमार्गको उद्घाटन

तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक