बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

को हुन् सभामुख अर्याल ?

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
को हुन् सभामुख अर्याल ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल संघीय प्रतिनिधि सभाका १०औँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबारको प्रतिनिधि सभामा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे ।

नवनिर्वाचित सांसद अर्याल फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–९ बाट निर्वाचित भएका थिए । अर्याल ३५ हजार ९३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी नानीमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरेकी थिइन् ।

दुई तिहाइ नजिक सिट जितेर रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा एकल बहुमतको सरकार बनाइसकेको छ । पूर्वश्रम मन्त्री रहेका अर्याल आफ्नै पार्टीको नेतृत्वमा बनेको शक्तिशाली सरकारका गृहमन्त्री बन्ने दौडमा थिए । प्रतिकुल अवस्थामा पनि पार्टीलाई जोगाएकाले सभापति रविले उनलाई गृहमन्त्री बनाएर कार्यकारी भूमिकामा राख्ने चाहेका थिए । तर वरिष्ठ नेता बालेनले आफू निकट सुनिल लम्साललाई गृहमन्त्री बनाउन जोडबल गरे । अर्याल र लम्सालमध्ये एकलाई गृहमन्त्री बनाउन सहमति नजुटेपछि बालेनले सुधन गुरुङ अगाडि सारे । बालेन सरकारका गृहमन्त्री गुरुङ बनेपछि अर्याल सभामुख बन्न सफल भएका हुन् । शालीन, राजनीतिक सुझबुझ, समन्वयकारी भूमिका खेल्न सक्ने क्षमताका कारण उनलाई पार्टीले सभामुखमा अगाडि सारेको रास्वपाका नेताहरूले प्रष्ट पारेका छन् ।

तर, सभामुख भएसँगै पार्टीको सक्रिय राजनीतिमा अर्यालको कम्तिमा पाँच वर्ष ब्रेक लाग्ने भएको छ । सभामुखमा निर्वाचित भएपछि दलीय आबद्धता नरहने संवैधानिक व्यवस्था छ ।

को हुन् सभामुख अर्याल ?

२०३२ सालमा धादिङको ज्वालामुखी गाउँपालिका (साबिक मैदी गाविस)मा किसान परिवारमा जन्मिएका अर्याल रोजगारीको सिलसिलामा २०४९ सालपछि काठमाडौंमा प्रवेश गरेका थिए । अर्यालले सुरुवाती दिनमा रेस्टुरेन्टमा सामान्य मजदुरको रूपमा काम गरे । २०५३ सालमा वैदेशिक रोजगारीका लागि उनी जापान पुगे ।

अर्यालले जापानमा करिब ८ वर्ष काम गरे । जापानबाट फर्किएपछि भने उनी पर्यटन पेसामा होमिए । नेपाल फर्किएपछि पर्यटनसँगै वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा एकैपटक लगानी गरी सक्रिय भए । उनले सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापनिज ल्याङ्गयोज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्राउने लगायतका काम गरे । अर्याल इजिलिंक रेमिटेन्सको सिईओसम्मको जिम्मेवारी पूरा गरे ।

कोरोनाको समयमा अक्सिजन सिलिन्डर वितरणदेखि राहत र उद्धारमा अर्यालले सक्रियता देखाएका थिए । उनी करिब २ दशकदेखि पर्यटन र सहकारी क्षेत्रमा सक्रिय छन् भने करिब १५ वर्षदेखि रेमिटेन्स सेवामा प्रत्यक्ष संलग्न रहे । जनसागर बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष भई काम गरिसकेका अर्याल सुमिरे टुर्स एण्ड ट्राभल्स, हेम्स स्कुल र योकोहामा जापनिज ल्याङग्वेज एकेडेमीमा निर्देशक भई काम गरे ।

अनि राजनीतिमा मोडिए

२०७९ अगाडि अर्याल खुलेर कुनै राजनीति दलमा जोडिएका थिएनन् । तर व्यवसायसँगै सामाजिक सेवामा पनि उनले सक्रिय भूमिका निर्वाह गरे । २०७४ सालमा कालीकोटमा अस्पताल निर्माण गर्न सहयोगी खोज्ने क्रममा अर्याल चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग जोडिएका थिए । त्यतिबेला उनले विदेशमा रहेका नेपालीले पैसा पठाउने कम्पनी इजी लिंक रेमिट्यान्स सञ्चालन गरेका थिए ।

अर्यालले रास्कोट सामुदायिक अस्पताल बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेले । अस्पताल निर्माण अभियानमा अर्याल, रवि, डा. मुकुल ढकाल जोडिएपछि नेपालको ‘विकृत’ राजनीतिक प्रणालीलाई सुधार्न वैकल्पिक राजनीतिक पार्टी खोल्नुपर्ने निष्कर्षमा उनीहरू पुगे । सोहीअनुसार देशको राजनीतिक अवस्था सुधार्ने उद्घोषका साथ २०७९ साल असारमा लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा भएको थियो । रवि नेतृत्वको पार्टीमा अर्याल उपसभापति भए । पार्टी स्थापना गरेको पाँच महिनामै देशमा आम निर्वाचन भएसँगै उनी समानुपातिक सूचीबाट पहिलो पटक प्रतिनिधिसभा सदस्य बनेका थिए ।

अर्याल २०७९ साल माघ २ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । श्रममन्त्रीको जिम्मेवारी पाएपछि उनले स्वदेशी तथा विदेशमा रहेका श्रमिकको पक्षमा काम गर्ने बताएका थिए । सकेसम्म स्वदेशमै रोजगारीको सिर्जना गराउने र बाध्यात्मक अवस्थामा मात्रै वैदेशिक रोजगारीमा जाने वातावरण निर्माण गर्न काम गर्ने अर्यालले प्रतिबद्धता जनाएका थिए ।

तर, १३ माघमा सर्वोच्च अदालतले सभापति रवि प्रतिनिधि सभा सदस्य हुन योग्य नरहेको आदेश दिएका कारण रास्वपाले माघ २२ गते सरकार छाड्यो । मन्त्री भएको २० दिनमै अर्याल सरकारबाट बाहिरिने अवस्था सिर्जना भयो । २०८० फागुन २३ गते दोस्रो पटक अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । २०८१ साल असार ३१ गते नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट केपी ओली प्रधानमन्त्री भएपछि रास्वपा सरकारबाट बाहिरियो । दुई पटक गरी चार महिना २८ दिन मन्त्री बने अर्याल।

पार्टी स्थापनासँगै रास्वपाले अनेकौँ कानुनी तथा राजनीतिक अड्चन झेल्नुपर्‍यो । पार्टीको नाम, चुनाव चिन्ह लगायत विषयमा कानुनी झमेला खेपिरहेका बेला दोहोरा नागरिकता, राहदानी प्रकरण, सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दा सभापति रविमाथि लाग्यो । संसदद्वारा गठित उच्चस्तरीय छानबिन समितिको सिफारिसमा रवि २०८१ साल कात्तिक २ गते पक्राउ परे । कास्की जिल्ला अदालतको आदेशमा सभापति पुर्पक्षका लागि जेल गएपछि पार्टीको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी अर्यालकै काँधमा आयो ।

पार्टी, संसद् र सडकको मोर्चा प्रभावकारी बनाउने जिम्मा पनि अर्यालले लिए । रवि जेल परेपछि पार्टीभित्र देखिएका अन्तर्विरोधसँगै पार्टी छाड्नेको बढ्दो क्रम, राज्यको निरन्तर दमनबाट पार्टीको अस्तित्व नै संकटमा परेको बेला अर्यालले सुझबुझ तरिकाबाट बचाए । भदौमा भएको जेनजी आन्दोलनको क्रममा रविलाई नख्खु कारागारबाट निकालेपछि पार्टी र नेतृत्वप्रति निकै ठुलो प्रहार भएको थियो ।

रविकै कारण देशभरका कैदी भागेको आरोप लाग्यो । चौतर्फी आक्रमणमा पार्टी र नेतृत्व परेको बेला अर्यालले विवेकशील साझा, काठमाडौँ महानगरपालिकाका तत्कालिन प्रमुख बालेन शाह, थरुहट/थारुवान समूह, विभिन्न जेनजी समूहसँग समायोजन र एकता गर्न अर्यालले सकारात्मक भूमिका खेले । पार्टी जोगाउन खेलेको भूमिकालाई लिएर रविले अर्यालको खुलेर प्रशंसा गरेका थिए ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

११ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक