काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रवार सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् ।
अर्यालको प्रस्तावकमा रास्वपा सभापति एवं सांसद रवि लामिछाने रहेका छन् ।
समर्थकमा सांसद डा.स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।


