आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सांसदसँग प्रधानमन्त्री : नयाँ सुरुवात

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रधानमन्त्री बालेन शाहले सांसदहरूसँग प्रत्यक्ष संवाद सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले प्रदेशगत रूपमा सांसदहरूसँग छलफल थालेका हुन् । लोकतन्त्रको मूल मर्म नै संवाद, सहकार्य र सहमति हो । तर व्यवहारमा प्रायः सत्ता र प्रतिपक्षबीचको दूरी, दलगत स्वार्थ र आरोप–प्रत्यारोपले राजनीतिक संस्कारलाई कमजोर बनाउने गरेको देखिन्छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले स्वयं संसद सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्नु केवल औपचारिकता होइन, सम्भावित नयाँ राजनीतिक संस्कृतिको संकेत पनि हो ।
संवादको आवश्यकता केवल विवाद समाधानका लागि मात्र होइन, नीति निर्माणलाई समावेशी र प्रभावकारी बनाउन पनि हो । सांसदहरू जनताको प्रतिनिधि हुन्, जसले आ–आफ्नो क्षेत्रका समस्या, अपेक्षा र सुझाव बोकेका हुन्छन् । ती आवाजहरूलाई प्रत्यक्ष सुन्ने र सम्बोधन गर्ने प्रयासले शासनप्रणालीप्रति जनविश्वास बढाउन मद्दत पु¥याउँछ । प्रधानमन्त्री र सांसदबीचको खुला संवादले नीतिगत अस्पष्टता हटाउने, प्राथमिकताहरू स्पष्ट गर्ने र कार्यान्वयनमा देखिने कमजोरी पहिचान गर्ने अवसर प्रदान गर्छ ।
नेपालमा प्रायः नीति निर्माण शीर्ष तहमा सीमित हुने र तल्लो तहको यथार्थसँग दूरी हुने गरेको आलोचना हुँदै आएको छ । यस्तो अवस्थामा सांसदहरूसँगको नियमित र संरचित संवादले नीति निर्माण प्रक्रियालाई यथार्थपरक बनाउन सक्छ । उदाहरणका लागि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य वा रोजगारीजस्ता क्षेत्रमा स्थानीय स्तरका चुनौतीहरू फरक–फरक छन् । ती विविधतालाई बुझ्न र समाधान खोज्न संवाद अपरिहार्य हुन्छ ।
तर यस पहललाई सफल बनाउन केही आधारभूत शर्तहरू पूरा गर्न आवश्यक छ । पहिलो, संवाद एकपटकको कार्यक्रममै सीमित हुनु हुँदैन । यसलाई संस्थागत गर्दै नियमित बनाइनुपर्छ । दोस्रो, संवाद केवल सुन्ने र बोल्ने अभ्यासमै सीमित नरही ठोस कार्ययोजनामा रूपान्तरण हुनुपर्छ । यदि सांसदहरूले उठाएका विषयहरू कार्यान्वयनमा नआए भने यस्तो पहलप्रति विश्वास कमजोर हुन्छ । तेस्रो, संवाद पारदर्शी हुनुपर्छ । जनताले पनि के विषयमा छलफल भयो र के निष्कर्ष निस्कियो भन्ने जानकारी पाउनुपर्छ । अर्कोतर्फ, सांसदहरूको भूमिकामा पनि परिवर्तन आवश्यक छ । संवादमा सहभागी हुँदा उनीहरूले केवल आलोचना गर्ने वा राजनीतिक अंकगणित मिलाउनेभन्दा पनि समाधानमुखी सोच प्रस्तुत गर्नुपर्छ । रचनात्मक सुझाव, तथ्यमा आधारित तर्क र दीर्घकालीन दृष्टिकोणले मात्र संवादलाई सार्थक बनाउँछ । यदि संवाद पनि परम्परागत राजनीतिक आरोप–प्रत्यारोपको थलोमै सीमित भयो भने यसको उद्देश्य नै हराउनेछ ।
प्रधानमन्त्रीका लागि पनि यो अवसर आत्ममूल्यांकनको हो । सरकारका नीति, कार्यक्रम र कार्यशैलीप्रति आउने प्रतिक्रियालाई खुलेर ग्रहण गर्ने, कमजोरी स्वीकार्ने र सुधारतर्फ अग्रसर हुने साहस आवश्यक हुन्छ । यहीबाट नेतृत्वको परिपक्वता झल्किन्छ । संवादलाई नियन्त्रण गर्ने वा केवल सकारात्मक प्रतिक्रिया मात्र खोज्ने प्रवृत्तिले भने यसको प्रभावकारिता घटाउँछ । यस पहलको अर्को महत्वपूर्ण पक्ष भनेको राजनीतिक संस्कृतिमा ल्याउन सक्ने दीर्घकालीन प्रभाव हो । यदि यसलाई निरन्तरता दिइयो भने भविष्यमा अन्य नेतृत्वले पनि यस्ता अभ्यासलाई अंगिकार गर्न सक्छन् । यसले टकरावभन्दा सहकार्य र एकल निर्णयभन्दा सामूहिक सोचलाई प्रवद्र्धन गर्न मद्दत पु¥याउनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

एमालेलाई नबिच्क्याउने कांग्रेसको परिपत्र !

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक