काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाले चैत २२ गते सभामुख पाउने भएको छ । संसद सचिवालयमा आज बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन कार्यतालिकाबारे निर्णय गरेको हो । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार चेत १९ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा नै सभामुखको निर्वाचन कार्यतालिका पेश हुने छ ।
बैठकले सभामुखमा चैत २० गते मनोनयन र २२ गते निर्वाचन गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । सभामुख चयन गरेपछि उपसभामुख निर्वाचन प्रक्रिया सुरु हुने छ ।
रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने तयारी गरिरहेको छ ।


