काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आजबाट लेखकको बयान सुरु भएको हो ।
मंगलबार दिउँसोदेखि उनको बयान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी गराएकाे छ ।
लेखकमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको थियो ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा तत्कालीन गृहमन्त्रीको हैसियतले गरेको कामकारबाहीलाई लिएर उनीमाथि प्रश्न उठेको थियो । जेनजी आन्दोलनको घटना छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले लेखकलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो ।


