काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा महामारीजन्य रोग सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र टेकु काठमाडौंको आयोजना तथा सुस्ता गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
गर्मीको मौसममा हुन सक्ने महामारीजन्य रोग निवारण र रोकथाम गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो।अन्तरक्रिया कार्यक्रममा सुस्ता गाउँपालिका का जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको गरिएको हो।
सो अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र टेकुका स्वास्थ्य शिक्षा प्रशासक अरुण ज्ञवाली,वरिष्ठ स्वास्थ्य अधिकृत देवीराम पौडेल,वरिष्ठ स्वास्थ्य निरीक्षक गणेश श्रीवास्तव लगायतले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगद बहादुर शाहीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै महामारीको समयमा धनजनको क्षति कम होस भन्ने बारेमा आफ्नो धारणा राख्नु भयो।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक भरत कुवरले कार्यक्रम बारे आफ्नो भनाइ राख्नु भएको थियो।


