सोम, साउन ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बालेन नेपाली संसदीय इतिहासकै कान्छा प्रधानमन्त्री

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
बालेन नेपाली संसदीय इतिहासकै कान्छा प्रधानमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौै ।   र्‍याप गायक देखि लिएर काठमाडाैं महानगरपालिकाकाे मेयर हुँदै   बालेन्द्र (बालेन) शाह नेपालका जननिर्वाचित कान्छा प्रधानमन्त्री बन्न सफल भएकाे छ ।

सम्भवतः उनी नेपालकाे इतिहासमै सबैभन्दा कान्छा उमेरमा ३६ वर्षमै उनी प्रधानमन्त्री भएर सत्ताकाे बागडाेर समाउन सफल भएकाे छ ।

उनी आज भन्दा २७ बर्ष अगाडी  २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका उनी हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट निर्वाचित भएकाे हाे  ।

उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरी प्रधानमन्त्री बन्ने श्रेष्ठता हासिल गरे । बालेन ६८ हजार ३४८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८ हजार ७३४ मतमात्र प्राप्त गरेका थिए ।

बालेन यसअघि काठमाडौं महानगरपालिकाको नगर प्रमुख थिए । उनी माघ ४ गते काठमाडौं महानगरपालिकाका प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए । रास्वपाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव प्रचार गरेको थियो ।
राम नवमीको अवसर पारेर सनातन वैदिक र बौद्धिक परम्परागत अनुसार १२ः३४ को शुभ साइतमा बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमङ्गल पाठ र ७ वटा शङ्खबाट शङ्खनाद गरिएको थियो ।
वर्षौंदेखि ब्राह्मण तथा क्षेत्रीबाट शासन सत्ताको नेतृत्व गरिरहेको बेला मधेसी मूलबाट पहिलो प्रधानमन्त्री बन्ने इतिहास पनि बालेनले नै रचेका छन् ।

नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा भीमसेन थापालाई मानिन्छ । थापाले वि.सं. १८६३ देखि १८९४ सम्म ३१ वर्ष शासन गरेका थिए । उनी ३२ वर्षको उमेरमा मुख्तियार भएका थिए । थापादेखि बालेनसम्म २१९ वर्षको इतिहासमा जंगबहादुर राणा सबैभन्दा कम उमेर ३१ वर्षमा प्रधानमन्त्री बनेका थिए । यद्यपि त्यतिबेला जननिर्वाचित प्रधानमन्त्री हुने व्यवस्था थिएन । यस अवधिमा ४० जना प्रधानमन्त्री बनेकामध्ये मरिचमान श्रेष्ठ मात्र जनजाति समुदायका हुन् ।

पञ्चायतकालमा तुलसी गिरी राजा महेन्द्रको निगाहमा ३३ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए । सबैभन्दा पाका उमेरका जननिर्वाचित प्रधानमन्त्री बन्नेमा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी र कांग्रेसका पूर्वसभापति सुशील कोइराला छन् । २०५१ सालमा अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए । ०७० सालमा प्रधानमन्त्री बनेका कोइरालाको उमेर पनि ७४ वर्ष थियो । २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको उमेर त्यतिबेला ५४ वर्षको थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछिको ३५ वर्षसम्म परम्परागत राजनीतिक दलका प्रायः एउटै व्यक्ति प्रधानमन्त्री बनिरहेको सन्दर्भमा यसपटक देशले पहिलो पटक नयाँ र युवा प्रधानमन्त्री पाएको छ । बालेन प्रधानमन्त्री भएसँगै देशले ५२ वर्षपछि ४० वर्ष मुनिका प्रधानमन्त्री पाएको छ ।

पिता डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाहका कान्छा छोरा बालेनको निवास काठमाडौँको सिनामङ्गलस्थित गैरीगाउँमा पर्छ । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकस्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरेका थिए । बालेनले ८ वर्षअघि सविना काफ्लेसँग विवाह गरेका थिए । सविना पेसाले जनस्वास्थ्यकर्मी हुन् ।

सानैदेखि बालेनको रुचि सङ्गीत र कवितामा थियो । कक्षा ९ मा अध्ययन गरिरहेका बेला उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ वि.सं. २०६९ मा गाएका थिए । र्‍याप र इन्जिनियरिङसँगै उनले नेपालको राजनीतिमा पनि रुचि राखेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी विवेकशील नेपालीबाट उम्मेदवारी दिने तयारीमा थिए । तर तयारी नपुगेको कारण देखाउँदै उनले निर्वाचनमा कसैलाई पनि भोट नहाल्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए ।

बालेनले २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरे । त्यतिबेला उनले ९० हजार ८३५ मत ल्याएर चुनाव जित्ने दाबी गरेका थिए । शाहको यो दाबीलाई धेरैले हावादारी भनेर उडाएका थिए । एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंह जस्ता प्रभावशाली उम्मेदवारलाई पराजित गरेपछि बालेनको चर्चा चुलिएको थियो । बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार स्थापितले ३८ हजार ३४१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेकी कांग्रेसकी उम्मेदवार सिंहले ३८ हजार ११७ मत पाएकी थिइन् ।

यो पनि पढ्नुहोस्

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

१३ घण्टा अगाडि
स्रोत नखुलेको नगद नियन्त्रणमा

स्रोत नखुलेको नगद नियन्त्रणमा

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सुनको मूल्यमा वृद्धि

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

एमाले र नेकपाबीच सहमति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक