काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले जवाफदेहिता, इमानदारिता र पारदर्शिताले जनतामा आशा जगाउने जनाएका छन् ।
बिहीबार (चैत १२) नवनिर्वाचित सांसदहरूको शपश कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो जनाएका हुन् ।
“जवाफदेहिता, इमान्दारिता र पारदर्शिताले जनतामा आशा जगाउँछ । उनले स्वदेशमै बस्ने वातावरण होस् । साथै शिक्षा, स्वास्थ्य गुणस्तरीय रहोस् । त्यसपछि जेनजीका सपना पूरा हुन्छन्,” खनालले यस्ताे धारणा राखेका हुन ।


