बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेटा र युट्युबलाई जानीजानी लत लगाएकोमा दोषी ठहर

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
रास्वपाले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताबारे जिज्ञासा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको एक जूरीले सामाजिक सञ्जाल प्लेटफर्महरू मेटा र युट्युबलाई एक युवतीलाई जानीजानी लत लगाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएकोमा दोषी ठहर गरेको छ ।

मेटा र युट्युबले आफ्ना प्लेटफर्मका जोखिमहरूबारे प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको र त्यसबाट प्रयोगकर्तालाई गम्भीर क्षति पुगेको ठहर गरेको हो ।

सीएनएनका अनुसार यो मुद्दा २० वर्षीया क्यालिफोर्नियाकी एक युवती (काल्पनिक नाम ‘केली’) र उनकी आमाले दायर गरेका थिए । उनीहरूले मेटा, युट्युब, टिकटक र स्न्याप इन्कविरुद्ध मुद्दा हालेका थिए । मुद्दामा ती कम्पनीहरूले बाल्यकालदेखि नै उनलाई आकर्षित गर्दै लत लगाएको र त्यसका कारण चिन्ता, शरीरप्रति असन्तुष्टि र आत्महत्यासम्बन्धी सोच विकसित भएको आरोप लगाइएको थियो । सुनुवाइअघि टिकटक र स्न्यापले भने मुद्दा मिलाइसकेको समाचारमा उल्लेख छ ।

मेटा र युट्युबलाई भने जूरीले कुल ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । युट्युबलाई ९ लाख डलर र मेटालाई २१ लाख डलर जरिवाना तिर्न जुरीले आदेश दिएको सीएनएनको समाचारमा उल्लेख छ । जूरीले यस घटनामा मेटा ७० प्रतिशत र युट्युब ३० प्रतिशत जिम्मेवार रहेको ठहर गरेको छ ।

सात हप्तासम्म चलेको सुनुवाइपछि जूरीले आठ दिनभन्दा बढी छलफल गरेर निर्णय सुनाएको हो । अदालतमा केलीले सामाजिक सञ्जालको लतले अहिले पनि आफ्नो दैनिक जीवन प्रभावित गरिरहेको, कामको समयमा समेत लुकेर फोन चलाउन बाध्य हुने गरेको र फिल्टर प्रयोग गरेर आफ्नो स्वरूप परिवर्तन गर्न घण्टौं बिताउने गरेको बयान दिएकी थिइन् ।

पुनरावेदनमा जाने तयारी

यस आदेशमा मेटा र युट्युब कम्पनीहरूले असहमति जनाउँदै पुनरावेदन गर्ने बताएका छन् । मेटाले किशोर मानसिक स्वास्थ्य जटिल विषय भएको र यसलाई एउटै एपसँग जोड्न नसकिने दाबी गरेको छ । युट्युबले भने आफू जिम्मेवार तरिकाले निर्माण गरिएको प्लेटफर्म भएको जनाएको छ ।

सीएनएनका अनुसार यो मुद्दा सामाजिक सञ्जाल कम्पनीविरुद्ध दायर भएका करिब १ हजार ५०० मध्ये पहिलोपटक पूर्ण सुनुवाइमा गएको हो । यसले आगामी अन्य मुद्दाहरूको नतिजामा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । लगातार यस्ता मुद्दामा हार बेहोरेमा यी कम्पनीहरूले अर्बौं डलर क्षतिपूर्ति तिर्नुपर्ने र आफ्नो प्लेटफर्ममा ठूला सुधार गर्नुपर्ने अवस्था आउन सक्छ ।

यसअघि न्यु मेक्सिकोमा पनि अर्को जूरीले मेटालाई बालबालिकालाई यौन अपराधीबाट जोगाउन असफल भएको भन्दै दोषी ठहर गरेको थियो ।

विशेषज्ञहरूका अनुसार यो निर्णय सामाजिक सञ्जालको इतिहासमा ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । अभिभावक र अधिकारकर्मीहरूले लामो समयदेखि बालबालिकाको सुरक्षाका लागि कडा नियम आवश्यक रहेको बताउँदै आएका छन् । अब यो निर्णयपछि अमेरिकी संसदमा बालबालिका सुरक्षासम्बन्धी कानुन बन्ने दबाब बढ्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

८ घण्टा अगाडि
आत्मदाहका घटना रोक्न माग

आत्मदाहका घटना रोक्न माग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक