काठमाडौं । वामपन्थी नेता तथा नेकपा (संयुक्त) वरिष्ठ नेता घनेन्द्र बस्नेतको उपचारका लागि ‘घनेन्द्र बस्नेत जीवन रक्षा अभियान’ सुरु गरिएको छ । झापा किसान सङ्घर्षका अगुवामध्येका एक बस्नेत हाल फोक्सो र घाँटीको क्यान्सरले थलिएका छन् ।
बस्नेतको कमजोर आर्थिक अवस्थाका कारण आफैले उपचार गर्न असम्भव देखेपछि नेकपा संयुक्तका नेताहरूले सहयोग माग्ने निर्णय गरेको बताइएको छ ।
आइतबार नेताहरू घनश्याम भुसाल, टंक कार्की लगायतले प्रेस नोट जारी गर्दै ग्लोबल आइएमई बैंकमा रहेको बस्नेतको खाता नम्बर तथा क्युआर कोड सार्वजनिक गर्दै सहयोगका लागि अपिल गरेका छन् ।



