आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरान र इजरायलबीच फेरि तनाव तीव्र

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
इरान र इजरायलबीच फेरि तनाव तीव्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तेहरान । मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गर्नु भएको भए पनि तेहरानले औपचारिक रूपमा कुनै संवाद नरहेको स्पष्ट पारेको छ ।

ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख गर्दै पाँच दिनभित्र सहमति नभए कडा सैन्य कदम चालिने चेतावनी दिनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिले विश्व बजारमा सकारात्मक सङ्केत देखिएको थियो भने तेलको मूल्यमा पनि गिरावट आएको थियो । तर इरानले भने यस्तो दाबी अस्वीकार गर्दै यसलाई बजारमा प्रभाव पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

अमेरिकी पक्षले इरानका उच्च तहका नेतासँग संवाद भइरहेको जनाएको थियो । केही सञ्चार माध्यमले इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफलाई वार्ताको प्रमुख पात्रका रूपमा उल्लेख गरेका छन् । साथै अमेरिकी प्रतिनिधि स्टिभ विटकफ र जारेड कुशनरले पाकिस्तानमा सम्भावित भेटवार्ता गर्न सक्ने चर्चा पनि गरिएको छ । यद्यपि ह्वाइट हाउसले औपचारिक पुष्टि नगरेसम्म यस्ता विवरणलाई अन्तिम मान्न नहुने बताएको छ ।

यसैबिच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग संवाद गर्दै क्षेत्रीय शान्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तर इरानका अधिकारीले प्रत्यक्ष वार्ता नभएको दोहोर्‍याइरहेका छन् । इजरायलतर्फ भने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँग सहमति सम्भव भएको सङ्केत पाए पनि आफ्नो देशको सुरक्षाका लागि इरान र लेबनानमा सैन्य कारबाही जारी रहने बताउनुभएको छ ।

उहाँका अनुसार हालको सैन्य उपलब्धिलाई कूटनीतिक अवसरमा रूपान्तरण गर्न सकिने अवस्था देखिएको छ । मङ्गलबार बिहान इरानी सरकारी सञ्चार माध्यमले इजरायलमाथि नयाँ क्षेप्यास्त्र आक्रमण भएको जानकारी दिएका छन् । इजरायलको उत्तर क्षेत्रमा केही संरचनामा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जनाइएको छ । उता, लेबनानमा इजरायलले दक्षिण बेरुतमा लगातार हवाई आक्रमण गरेको विवरण सार्वजनिक भएको छ ।

यसअघि ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको थियो । तर सम्भावित प्रतिशोधको जोखिमलाई ध्यानमा राख्दै उहाँ पछि हट्नुभएको विश्लेषकले बताएका छन् । क्षेत्रीय ऊर्जा आपूर्ति र जलडमरूमध्यमा आवागमन अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ्दै गएको छ ।

इरानले स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल आपूर्ति प्रभावित पारेपछि विश्व बजारमा अस्थिरता देखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले यस्तो अवस्था लम्बिदा ऐतिहासिक ऊर्जा सङ्कट निम्तिन सक्ने चेतावनी दिनुभएको छ । हाल तेलको मूल्य उच्च विन्दुमा पुगेपछि ट्रम्पको वार्ता दाबीले केही राहत दिएको देखिएको छ ।

युद्ध विस्तारसँगै लेबनानमा इजरायलको स्थलगत अभियान पनि तीव्र बनेको छ । इजरायलले इरान समर्थित हिजबुल्लाह विरुद्ध कारबाही बढाएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । उपलब्ध विवरण अनुसार, द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ, तर स्वतन्त्र रूपमा तथ्य पुष्टि गर्न कठिन रहेको बताइएको छ । समग्रमा, कूटनीतिक संवादको चर्चा चलिरहे पनि मैदानमा सैन्य गतिविधि नरोकिनुले मध्यपूर्वमा द्वन्द्व झन् जटिल बन्दै गएको सङ्केत गरेको छ । एएफपी

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

२२ घण्टा अगाडि
एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक